भारतसँग फाइनल खेल्नुअघि यस्तो भन्छन् न्यूजिल्याण्डका स्टार बलर

काठमाडौं- भारतले न्यूजिल्याण्डविरुद्ध साउथह्याम्टनमा १८ जुनदेखि विश्व टेस्ट च्याम्पियनसिपको फाइनल म्याच खेल्दैछ ।

यो खेललाई लिएर दुवै देशका खेलाडीले आ-आफ्नो प्रतिक्रया दिइरहेका छन्। यसैबीच न्यूजिल्याण्डका तीव्र गतिका बलर नील वाग्नरले पनि आफ्नो धारणा व्यक्त गरेका छन्।

उनले भारतविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) फाइनल आफ्नो लागि विश्वकप फाइनलजत्तिकै भएको बताएका छन्। वाग्नरले न्यूजिल्याण्डका लागि सीमित ओभर क्रिकेट खेलेका छैनन्।

क्रिकइन्फोका अनुसार, वागनरले भनेका छन्, ‘यो मेरो लागि विश्वकप फाइनल जस्तो छ ।’

टी–२० र ओडीआई टीममा उनले अहिलेसम्म स्थान बनाउन सकेका छैनन् । ३५ वर्षीय वाग्नरले आफूसँग एउटा मौका रहेको बताएका छन् ।

‘मलाई लाग्दैन कि त्यस्तो अवसर फेरि आउनेछ। मेरो लागि अब सबै ध्यान र ऊर्जा टेस्ट क्रिकेटमा हुनेछ,’ उनले भने।

वाग्नरले हालसम्म न्यूजिल्याण्डका लागि ५१ टेष्टमा २१९ विकेट लिएका छन् । उनी न्यूजिल्याण्ड टेष्ट टिमका महत्वपूर्ण बलरमध्ये एक हुन् ।

Loading...