बाबर आजमले गरे नेपालीका लागि आर्थिक अपिल

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले नेपालमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

बाबरले एक भिडियो सन्देशमार्फत् कोभिड-१९ नियन्त्रणका लागि नेपाली बलर सन्दीप लामिछानेले थालेको अभियानमा सहयोग गर्न अपिल गरेका हुन् ।

बाबरले भिडियोमा भनेका छन्, ‘म नेपालीहरूको साथमा छु । सन्दीप लामिछानेले कोरोना महामारी नियन्त्रणका लागि थालेको अभियानमा सबैले जति सकिन्छ सहयोग गरिदिनुस् । कोरोनाको प्रोटोकलको पनि पालना गर्नुहोला ।’

बाबरको यो सन्देशप्रति नेपालमा रहेका क्रिकेट समर्थकले सकारात्मक रूपमा लिएका छन् । धेरै क्रिकेट समर्थकले उनलाई धन्यवाद दिएका छन् । बाबरको यो सन्देशसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोरोना संक्रमित दिनहुँ थपिरहेका र आर्थिक अभावले उपचार नपाइरहेको गुनासो बढिरहेका बेला सन्दीपले जेठ पहिलो सातादेखि अभियान सुरु गरेका थिए ।

सो अभियान टिम सन्दीपको तर्फबाट नगद ३ लाख रुपैयाँ जम्मा गर्दै सुरु भएको थियो । सो अभियानमा तपाई पनि जोडिन चाहनुहुन्छ भने निम्नलिखित बैंकमा आर्थिक सहयोग जम्मा गर्न सक्नु हुनेछ ।

Bank Name: Century Commercial Bank Limited

Account Name: Sandeep Lamichhane

Account Number: 0170000353CA

Branch: Putalisadak, Kathmandu

Swift Code: CCBNNPKA

Loading...