विश्वकप जिताएका यी भारतीय खेलाडीले वेष्ट इण्डिजमा क्रिकेट खेल्ने

काठमाडौं- वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा थप एक भारतीय खेलाडीले खेल्ने भएका छन् ।

गत सिजनमा प्रवीण ताम्बेले सीपीएल खेलेका थिए । यो पटक अर्का भारतीय खेलाडी स्मित पटेलले पनि सीपीएल खेल्न लागेका हुन् ।

पटेल भारतीय यू-१९ विश्वकप जित्ने टिमका पूर्वसदस्य पनि हुन् । सन् २०१२ मा भएको विश्वकपमा उनी भारतीय टिममा थिए । सो सिजनको विश्वकप भारतले जितेको थियो ।

पटेलले आसन्न सिजनको सीपीएल बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्न लागेका हुन् । योसँगै उनले अब भारतमा हुने प्रतिष्ठित कुनै पनि क्रिकेट प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

बीसीसीआईले विदेशी क्रिकेट लिग खेल्ने आफ्ना खेलाडीलाई घरेलु प्रतियोगितासमेत खेल्न नदिने नियम बनाएको छ ।

सो नियमअनुसार स्मितले पनि अब आईपीएल, मुश्ताक अली ट्रफी, विजय हजारेलगायत चर्चित क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

पटेल विकेटकीपर/ब्याट्सम्यान हुन् । उनले हालसम्म ५५ प्रथम श्रेणी म्याचमा ३ हजार बढी रन बनाएका छन् ।

सन् २०१२ को एकदिवसीय विश्वकप भारतलाई जिताउन स्मितको भूमिका महत्वपूर्ण थियो ।

उनले ८४ बलमा चार चौकाको मद्दतमा अविजित ६२ रनको पारी खेलेका थिए । आसन्न सिजनको सीपीएल २८ अगस्टदेखि १९ सेप्टेम्बरमा हुनेछ ।

बार्बाडोस ट्राइडेन्ट्सको पूर्ण टिम : क्रिस मोरिस, जेसन होल्डर, थिसरा परेरा, मोहम्मद आमिर, जोनसन चार्ल्स, शाई होप, ओशेन थमस, काइल मैयर्स, हेडन वाल्श जूनियर, आजम खान, रेमन रिफर, जस्टिन ग्रीव्स, एशले नर्स, शफीकुल्लाह गाफरी, नईम योङ, जोशुआ बिश्प र स्मित पटेल ।

नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने यो पटक पनि सीपीपीएलमा अनुबन्ध भएका छन् । उनी आसन्न सिजनको सीपीएलका लागि ट्रीनबागो नाइट राइडर्समा अनुबन्ध भएका हुन् ।

टीकेआर गत वर्षको विजेता टिम पनि हो ।

सन्दीप चौथो पटक फरकफरक टिमबाट सीपीएल खेल्न लागेका हुन् । उनले यसअघि सेन्ट किट्स एण्ड नेभिस, बार्बाडोस ट्राइडेन्ट्स र जमैका तल्लावाजबाट सीपीएल खेलेका थिए ।

यो पटक पनि टीकेआरमा किरण पोलार्ड कप्तान छन् ।

टीकेआरमा विदेशी खेलाडीको रूपमा सन्दीपबाहेक न्यूजिल्याण्डका कोलिन मुनरो, श्रीलंकाका इशरु उडाना, जिम्बाब्वेका सिकन्दर राजा र अमेरिकाका अलि खान रहेका छन् ।

नाइट राइडर्सको पूर्ण टिम : किरण पोलार्ड, रवि रामपल, सुनील नारायण, कोलिन मुनरो, सन्दीप लामिछाने, डेरन ब्रावो, लेन्डल सिमन्स, खारी पियरे, ईसुरु उडाना, सिकन्दर रजा, एन्डरसन फिलिप, दिनेश रामदीन, टियान वेब्स्टर, अकेल हुसेन, जेडेन सेल्स, लियोनार्डो जूलियन र अली खान ।

Loading...