‘विश्वकप सुपर लिग’को शीर्ष स्थानमा बंगलादेश, भारतको अवस्था नाजुक

काठमाडौं- बंगलादेश र श्रीलंकाबीच भएको तीन एकदिवसीय श्रृंखलापछि आईसीसी विश्वकप सुपर लिगको तालिकामा परिवर्तन भएको छ । श्रीलंकाविरुद्धको सिरिज जितेपछि बंगलादेशले सुपर लिगको तालिकामा व्यापक सुधार गरेको छ ।

सन् २०२३ मा हुने विश्वकपका लागि छनोट हुने बंगलादेशलाई सहज भएको छ। विश्वकप सुपर लिगमा बंगलादेशले अहिलेसम्म ९ खेल खेलेको छ जसमा ५ खेलमा जित निकालेको छ। बंगलादेश अहिलेसम्म ५० अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ।

इंग्ल्याण्ड ४० अंकका साथ दोस्रो स्थानमा छ। इंग्ल्याण्डले ९ खेलमा चारमा जित हात पारेको छ। यो तालिकाको तेस्रो स्थानमा पाकिस्तान छ। पाकिस्तानले अहिलेसम्म खेलेका ६ खेलमध्ये चार मा जित हात पारेर ४० अंक जोडेको छ।

अष्ट्रेलिया तालिकाको चौथो स्थानमा छ। ६ खेल खेलेको अष्ट्रेलियाले ४ खेलमा जित हात पार्दै ४० अंक बनाएको छ। तर, रनरेटको आधारमा पाकिस्तान भन्दा पछाडी रहेको छ। न्यूजिल्याण्ड, अफगानिस्तान, वेस्टइन्डिजको समान ३०/३० अंक रहेको छ।

तीनै टोलीहरू अहिले क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् । भारतीय टीम तालिकाको आठौँ स्थानमा रहेको छ। भारतले ६ खेलमा ३ मा जित र तिनमा हारको सामाना गरेको छ। भारतले २९ अङ्क जोडेको छ। भारतको ओडीआई सुपर लिगमा सुस्त रनरेट छ।

जसका कारण टिमको प्रदर्शन निराशाजनक छ। भारतीय टिम २०२३ को विश्वकपको आयोजना गर्दैछ। जसकारण भारतले प्रतियोगितामामा सिधैं स्थान बनाउने छ। सुपर लिगको शीर्ष ८ मा रहने टोलीले सिधैं विश्वकप खेल्न पाउनेछन्।

Loading...