धोनीको त्यो सुझाव : जसले जडेजालाई अलराउन्डर बनायो

काठमाडौं- रवीन्द्र जडेजा भारतीय क्रिक्रेट टिमका महत्वपूर्ण सदस्य हुन् । उनी ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गर्दै आएका छन्।

उनलाई एक सर्वश्रेष्ठ अलराउन्डरका रूपमा पनि लिने गरिन्छ। यसका साथै जडेजाले फिल्डिङ पनि उत्कृष्ट गर्छन्।

पछिल्लो समयमा जडेजाले ब्याटिङ गर्ने क्षमतामा पनि सुधार गरेका छन्। तर, अन्तर्राष्ट्रिय करियरको सुरुवाती चरणमा जडेजाको ब्याटिङ र बलिङमा ठूलो समस्या थियो। कुनै समय उनको खेललाई लिएर व्यापक आलोचना भएको थियो।

सन् २०१५ मा कप्तान महेन्द्रसिंह धोनीको सल्लाहले जडेजाको खेल परिवर्तन गर्‍यो। जडेजाले एक कार्यक्रममा यो खुलासा गरेका छन्।

द इन्डियन एक्सप्रेससँग कुरा गर्दै उनले भने, ‘२०१५ को विश्वकपको क्रममा मैले बलहरू हिट गर्ने प्रयास गरिरहेको थिए। तर, धोनीले बलहरू हिट गर्ने प्रयास नगरेर खेल भनेर सिकाउनु भयो।’

‘मलाई लाग्यो कि मैले गलत गरिरहेछु। सुरूमा मेरो निर्णय सहि थिएन,’ उनले भने।

जडेजा अहिले इंग्ल्याण्ड भ्रमणको तयारीमा व्यस्त छन्। भारतीय टीमले इंग्ल्याण्ड भ्रमणका लागि टिममा अलराउन्डर जडेजालाई पनि समावेश गरेको छ।

फाइल तस्बिर

इंग्ल्याण्डविरुद्ध टी-२० र वान्डे सिरिज खेल्ने क्रममा उनले चोट बोकेका थिए । न्यूजिल्याण्डविरुद्धको विश्वकप टेष्ट च्याम्पियनसिप १८ देखि २२ जुनमा इंग्ल्याण्डमा हुँदैछ।

Loading...