यी दुई चर्चित खेलाडी : जसले IPL मा एक चौका पनि हिर्काउन सकेनन्

काठमाडौं : विश्वमा सबैभन्दा चर्चित फ्रेन्चाइज लिग हो आईपीएल। भारतमा दोस्रो लहरको कोरोना संक्रमण तीव्ररूपमा बढेपछि बीसीसीआईले आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित गरेको थियो।

तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शनिबार एक विज्ञप्ति जारी गर्दै १४औँ सिजनको आईपीएलका बाँकी खेलहरू यूएईमा हुने जनाएको छ। बीसीसीआईले सेप्टेम्बर/अक्टोबरसम्म प्रतियोगिता यूएईमा गर्ने जनाएको भएपनि मिति भने घोषणा गरेको छैन।

आईपीएलका प्लेअफसहित ३१ वटा खेलहरू हुन बाँकी रहेका छन्। ती म्याचहरु २५ दिनभित्र सक्ने बीसीसीआईले योजना बनाएको छ। प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। यस्तै, चेन्नई दोस्रो र बैंग्लोर तेस्रो स्थानमा छन्।

आईपीएललाई सधैं ब्याट्सम्यानको टूर्नामेन्टको रूपमा लिइन्छ। बलररूको पनि यसमा निकै धुलाई हुन्छ। यद्यपि यहाँ केही यस्ता ब्याट्सम्यान पनि छन् जसले रन मात्र रोकेनन् तर ब्याट्सम्यानको रणनीति अनुसार आफ्नो बलिङ परिवर्तन गरेर विकेट पनि प्राप्त गरे।

प्रत्येक पटक आईपीएलमा ब्याटिङ  तर्फ  सबैको नजर हुन्छ। दर्शकहरू पनि चौका र छक्का प्रहार गर्दै ब्याट्सम्यानलाई हेर्न मन पराउँछन्। यद्यपि मनपर्दो खेलाडीले ब्याटिङ नगरेको बेलामा निराशा पनि हुन्छन्।

धेरै ब्याट्सम्यानहरू चौका र छक्काका साथ रन बनाउन मात्र बढी विश्वास गर्छन्। आईपीएलमा धेरै खेलाडीहरूले धेरै चोटि चौका र छक्काको वर्षात गरे। यस्तै आज हामी यहाँ त्यस्ता दुई खेलाडीहरूको चर्चा गर्दैछौँ, जसले आइपीएलमा एउटा पनि चौका/छक्का हान्न सकेनन्।

सिद्धार्थ कौल 

सिद्धार्थ कौल चर्चित बलर हुन्। तर, केही अवसरमा उनलाई आईपीएलमा ब्याटिङ गर्ने अवसर पनि जुर्यो। यद्यपि यी अवसरहरूमा उनको ब्याटबाट लामो सर्टहरू आउन सकेनन्।

सिद्धार्थ कौलले आईपीएलमा ४९ खेलमा ६ पटक ब्याटिङ गरे। यस अवधिमा उनले  कुल १२ रन बनाए। उनको ७ रन उच्च स्कोर हो। उसको ब्याटबाट एउटा पनि चौका र छक्का बन्न सकेन्।

युजवेन्द्र चहल

युजवेन्द्र चहल आरसीबीको लागि उत्कृष्ट स्पिनर थिए। उनले आईपीएलको दौरान धेरै चोटी ब्याटिङ गर्ने अवसर पनि पाए। चहलले आईपीएलमा ११ चोटी ब्याटिङ गरेका छन्।

यस अवधिमा उनले कुल ३० रन बनाए। उनको ४ रन उच्च स्कोर हो। तर, उनले चौका र छक्का प्रहार गर्न सकेनन्। उनले खेलेका १०६ खेलमा १२५ विकेट लिएका छन्।

Loading...