सन्दीपले लिए राशिदको स्थान, आजै पाकिस्तान प्रस्थान

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । उनले लाहोर कलन्दर्सबाट जारी सिजनको पीएसएल खेल्ने भएका हुन् ।

राशिद खान राष्ट्रिय टिमका लागि स्वदेश फर्किएपछि सन्दीप उनको स्थानमा लाहोरमा जोडिएका हुन् । उनी आज बिहान ११ बजे नै पीएसएलका लागि पाकिस्तान उडेका छन् ।

सन्दीपले २०१९ को पीएसएलमा लाहोरबाट खेलेका थिए । सो सिजनमा उनले सात खेलमा ११ विकेट लिएका थिए । सोही सिजनमा सन्दीपले एक म्याचमा चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।

डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि त्यसयताका दुई संस्करणको ड्राफ्टमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । जारी पीएसएल संस्करणमा पनि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Loading...