साढे १५ करोडका कमिन्सले IPL नखेल्ने, उनको स्थानमा यी ३ बलरले पाउन सक्छन् मौका

काठमाडौं- अष्ट्रेलिया टिमका लोकप्रिय तीव्र गतिका बलर प्याट कमिन्सले आईपीएल २०२१ का बाँकी म्याच नखेल्ने भएका छन् ।

पारिवारिक कारण उनले यूएईमा हुने आईपीएलका बाँकी म्याच नखेल्ने भएका हुन् ।

कमिन्स आईपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर)का महत्वपूर्ण बलर हुन् । उनको अनुपस्थितिमा केकेआरलाई ठूलो घाटा हुन सक्छ ।

कमिन्सलाई केकेआरले सन् २०१९ मा साढे १५ करोड भारुमा अक्सनबाट अनुबन्ध गरेको थियो । उनले १४औँ सिजनको आईपीएलका अलराउन्ड प्रदर्शन गरिरहेका थिए ।

कमिन्सले यो सिजनमा ७ म्याच ९ विकेट लिएका छन् । त्यस्तै, ब्याटिङतर्फ उनले ५ पारीमा ९३ रन बनाएका छन् ।

कमिन्सको स्थानमा अब कसलाई अनुबन्ध गर्ने भन्नेबारे केकेआरले आन्तरिक छलफल थालिसकेको छ ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार वेष्ट इण्डिजका सेल्ड्रेन कोट्रेल, श्रीलंकाका इशरु उडाना र अष्ट्रेलियाका सीन एबट कमिन्सको स्थान लिनसक्ने उल्लेख गरेका छन् । यी तिनै खेलाडीले यसअघि पनि आईपीएल खेलिसकेका छन् ।

उडाना र एबटले आरसीबी तथा कोट्रेलले पञ्जाब किंग्सबाट आईपीएल खेलिसकेका हन् । उडाना अलराउन्डर हुन् ।

Loading...