यी तीन चर्चित टेष्ट टिम : जसले एक पारीमा सर्वाधिक ‘नो बल’ दिए

काठमाडौं : टेष्ट क्रिकेटमा अतिरिक्त रनहरू विरलै उपलब्ध हुन्छन्। ओडीआईमा यदि बल थोरै बाहिर मात्र रह्यो भने पनि अम्पायरले अतिरिक्त रन दिने सम्भावना बढी हुन्छ।

एकदिवसीय र टी–२० मा कुनै बल नो बल हुने बित्तिकै ‘फ्रि’ हिट हुन्छ। तर, टेष्ट क्रिकेटमा त्यस्तो हुँदैन। टेष्ट क्रिकेटमा प्रायः बलरहरू निकै सावधानी पूर्वक बलिङ गर्छन्। हामी टेस्ट खेलमा रनहरू कम देख्छौं। यसको सबैभन्दा ठूलो कारण भनेको ब्याट्सम्यानले टेष्ट क्रिकेटमा छिटो रन बनाउन प्रयास गर्दैनन्।

टेष्ट क्रिकेटमा पनि बलरहरूले नो बल दिने गरेका छन्। कतिपय बलरहरू यस्ता पनि छन् जसले धेरै नो बल दिएका छन्। यसैबीच, आज हामी टेष्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक नो बल फ्याँक्ने तीन टिमको चर्चा गर्दैछौँ :

वेष्ट इण्डिज

यस सूचीमा वेष्ट इण्डिज टीम पहिलो स्थानमा छ। वेष्ट इण्डिजले १९८६ मा इङ्ल्यान्डविरुद्धको टेस्ट म्याचमा ४० नो बल दिएको थियो।

वेष्ट इण्डिजले पहिले ब्याटिङ गरेर ४७४ रन बनायो। जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा ३१० बनायो। जसमा ५१ रन अतिरिक्त थियो। वेष्ट इण्डिजले यो खेल २४० रनले जितेको थियो।

पाकिस्तान

पाकिस्तान क्रिकेट टीमले १९ जनवरी १९९५ को दक्षिण अफ्रीकाविरुद्ध वसीम अकरमले टेष्ट खेलमा धेरै नो बल फालेका थिए। दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४६० रनको विशाल स्कोर बनाएको थियो।

जसमध्ये ६४ रन भने उनीहरूले अतिरिक्तका रूपमा पाएका थिए। अनुभवी पाकिस्तानी बलर अकरमले सर्वाधिक २१ रन नो बल दिएका थिए।

श्रीलंका

यस सूचीको तेस्रो स्थानमा श्रीलंका छ। श्रीलंकाले ६ मार्च २००२ मा लाहोरमा खेलेको टेष्ट म्याचमा पाकिस्तानविरुद्ध ३९ नो बल दिएको थियो। पाकिस्तानले दोस्रो इनिङ्समा ३२५ रन बनाएको थियो।

श्रीलंकाका अनुभवी तीव्र गतिका बलर चमिन्डा वासले सबैभन्दा बढी २० नो बल दिएका थिए। यद्यपि श्रीलंकाले यो खेल ८ विकेटले जित्यो। खेल एसियाली टेष्ट च्याम्पियनशिपअन्तर्गत खेलाइएको थियो।

Loading...