आईपीएलका बाँकी म्याच खेल्ने/नखेल्नेबारे यस्तो भन्छन् बोल्ट

काठमाडौं- मुम्बई इन्डियन्सका अनुभवी तीव्र गतिका बलर ट्रेन्ट बोल्टले आईपीएलका बाँकी खेलमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।

मंगलबार भर्चुअल प्रेस सम्मेलनमा बोल्दै बोल्टले आईपीएलको बाँकी खेलमा सहभागी हुने इच्छा व्यक्त गरेका हुन्।

प्रेस सम्मेलनमा उनलाई दोस्रो चरणको आईपीएलका बाँकी खेलहरूमा तपाईं सहभागी हुने कि नहुने? यो प्रश्न सोधिभएको थियो । जवाफमा बोल्टले भने, ‘आईपीएलका बाँकी खेलहरू युएईमा हुनेछन्। पछिल्लो पटक यो एक धेरै राम्रो तरिकामा आयोजना गरिएको थियो। मलाई पनि खेल्ने इच्छा छ।’

तर, उनले यो समय न्यूजिल्याण्डको तालिका कस्तो छ भनेर हेर्न बाँकी रहेको बताए । न्यूजिल्यान्डले सेप्टेम्बरमा यूएईमा पाकिस्तानकविरूद्ध एउटा श्रृंखला खेल्नुपर्नेछ।

यो कार्यक्रम पहिले नै निर्धारित गरीएको थियो। यदि ट्रन्ट बोल्टलाई त्यो टुरका लागि टीममा चयन गरियो भने उनी आइपीएलमा खेल्न सक्दैनन्

आईपीएल र पाकिस्तान सीरिज युएईमा हुने भएकोले उनले खेल्ने सम्भावना पनि बढेको छ।
त्यस समयमा न्युजिल्याण्ड बोर्डले के निर्णय गर्दछ भनेर हेर्न बाँकी छ। बोल्टले नखलेमा मुम्बई इन्डियन्सलाई ठूलो झट्का लाग्नेछ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा बढेपछि बीसीसीआईले आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित गरेको थियो। तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शनिबार एक विज्ञप्ति जारी गर्दै १४औँ सिजनको आईपीएलका बाँकी खेलहरू यूएईमा हुने जनाएको छ।

बीसीसीआईले सेप्टेम्बर-अक्टोबरसम्म प्रतियोगिता यूएईमा गर्ने जनाएको भएपनि मिति भने घोषणा गरेको छैन।

आईपीएलका प्लेअफसहित ३१ वटा खेलहरू हुन बाँकी रहेका छन्। ती म्याचहरु २५ दिनभित्र सक्ने बीसीसीआईले योजना बनाएको छ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। यस्तै, चेन्नई दोस्रो र बैंग्लोर तेस्रो स्थानमा छन्।

Loading...