वैवाहिक बन्धनमा बाँधिए पूरन, यी हुन् उनकी सुन्दर श्रीमती

काठमाडौं : वेष्ट इण्डिजका नियमित सदस्य तथा पञ्जाब किंग्सका अनुभवी ब्याट्सम्यान निकोलस पूरन विवाह बन्धनमा बाँधिएका छन्। सामाजिक सञ्जालमा फोटो सेयर गर्दै पूरनले आफू विवाह बन्धनमा बाँधिएको बताएका हुन्।

पूरनले एलिसा मिगुएलसँग विवाह गरका हुन्। उनले आफ्नो ट्वीटर र इन्स्टाग्राममा विवाहको फोटो सेयर गर्दै भनेका छन्, ‘भगवानले मलाई यस जीवनमा धेरै चीजहरू दिनुभएको छ। तर, तपाईंको आगमनभन्दा ठूलो अरू केही हुन सक्दैन। मैले र मिगुएलले विवाह गरेका छौँ म खुसी छु।’

पूरन वेष्ट इण्डिजका आक्रामक युवा ब्याट्सम्यान हुन्। उनले फिल्डिङ पनि उत्कृष्ट गर्छन्। उनी आईपीएलमा पञ्जाबबाट खेल्दै आएका छन्।

Loading...