आईसीसीको महत्वपूर्ण निर्णय : टी-२० र वानडे विश्वकपमा टिमको संख्या बढ्यो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय र टी–२० विश्वकपमा टिमको संख्या बढाउने निर्णय गरेको छ ।

आईसीसीको आज बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । अब सन् २०२४ देखि २०३१ सम्म एकदिवसीय र टी-२० विश्वकपमामा टिमको संख्या बढी हुनेछ ।

सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ वटा टिम सहभागी हुने आईसीसीले जनाएको छ । सो विश्वकपमा कुल ५४ वटा म्याच हुनेछन् ।

यस्तै, सन् २०२४, २०२६, २०२८ र २०३० को टी–२० विश्वकपमा टिम संख्या २० हुने आईसीसीले जनाएको छ । सो विश्वकपमा ५५ वटा म्याच हुनेछन् ।

आईसीसीले २०१९ को विश्वकपमा १० वटा टिमलाई मात्र खेलाएको थियो । त्यस्तै, २०१६ को टी–२० विश्वकपमा १६ वटा टिम थिए ।

सन् २०२४ देखि एकदिवसीय विश्वकपमा सहभागी हुने १४ टिमलाई दुईवटा समूहमा बिभाजन गरिनेछ जसपछि समूह चरणमा दुवै समूहको उत्कृस्ट ३ वटा टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सन् २००३ को एकदिवसीय विश्वकप यही फर्म्याटमा खेलिएको थियो ।

त्यस्तै, टी-२० विश्वकपमा भाग लिने २० टोलीलाई पाँच वटा समूहमा विभाजन गरिने आईसीसीले जनाएको छ । जसपछि समूह चरणको खेलमा प्रत्येक समूहबाट उत्कृष्ट दुई वटा टिमहरू सुपर-८ चरण हुँदै सेमिफाइनल र फाइनल प्रवेश गर्नेछन् ।

तस्बिर : कान्तिपुर

आईसीसीको यो निर्णयले एसोसियट राष्ट्रलाई ठूलो लाभ मिल्नेछ । योसँगै नेपालले विश्वकप खेल्ने सम्भावना पनि फराकिलो भएको छ ।

सन् २०२४ मा नेपालले विश्वकप खेल्ने सम्भावना बढेर गएको हो ।

Loading...