यी तीन भारतीय ब्याट्सम्यान : जसले डेब्यू म्याचमै सर्वाधिक रन बनाए

काठमाडौं- क्रिकेट खेल्ने प्रत्येक खेलाडीको सपना एक दिन आफ्नो देशको लागि खेल्ने हुन्छ। केहि खेलाडीहरूको सपना पूरा हुन्छ भने कसैको हुँदैन। त्यस्ता क्रिक्रेटरहरू पनि छन्, जसले लामो समयको लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेर विभिन्न रिकर्ड बनाएका छन्।

वानडे क्रिकेटको कुरा गर्ने हो भने अहिलेसम्म धेरै महान खेलाडीहरू यसमा समावेश छन्। भारतले रोहित शर्मा, सचिन तेन्दुलकर, वीरेन्दर सहवाग, विराट कोहली, रवि शास्त्री, मोहम्मद अजहरुद्दीन र युवराज सिंह जस्ता धेरै महान ओडीआई खेलाडीहरू पनि उत्पादन गरेको छ। यीमध्ये केही खेलाडीहरूले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरे।

धेरै खेलाडीहरूले आफ्नो करियरको पहिलो खेलमा नै ठूलो प्रदर्शन गरे। यसैबीच, आज हामी तीन त्यस्ता भारतीय खेलाडीको बारेमा जानकारी दिँदैछौँ, जसले आफ्नो वानडे क्रिकेटको डेब्यू खेलमा सर्वाधिक रन बनाए :

ब्रजेश पटेल

ब्रजेश पटेल यस सूचीमा तेस्रो स्थानमा छन्, उनले आफ्नो करियरको दौडान २१ टेस्ट र १० एकदिवसीय खेल खेले।

ब्रजेश पटेलले वानडे करियरको सुरुवातमा एकदम जबरदस्त तरिकाबाट गरेका थिए। तर, उनी त्यो गतिलाई कायम राख्न सकेनन र १० वटा मात्र ओडीआई खेल्न पाए।

उनले १३ जुलाई १९७४ मा लड्समा इङ्ग्ल्यान्डविरूद्ध एकदिवसीय क्रिकेटको शुरुवात गरे। त्यो खेलमा ब्रजेश पटेलले ८२ रनको शानदार इनिङ्स खेले। भारतले त्यो खेल गुमायो।

तर, ब्रजेश पटेलले आफ्नो टीमका लागि सर्वाधिक रन बनाए। यद्यपि त्यसपश्चात उनको प्रदर्शन घट्यो र उनले धेरै खेलहरू खेल्न पाएनन्।

रोबिन उथप्पा

यस लिस्टमा रोबिन उथप्पा दोस्रो स्थानमा छन्। उथप्पाले १५ अप्रिल २००६ मा इङ्ग्ल्यान्डविरूद्ध वान्डेमा डेब्यू गरेका थिए र त्यो खेलमा उनले ८६ रन बनाए। जुन उनको करियरको सबैभन्दा बढी वान्डे स्कोर पनि हो।

उनको उत्कृष्ट इनिङ्स खेलेपछि भारतले त्यो खेल ७ विकेटले जित्यो। उथप्पाले अहिले सम्म कूल ४६ वान्डे खेल खेलेका छन र २०१५ पछि टीमबाट बाहिरिएका छन्। उनले वान्डेमा १०३१ रन बनाए।

केएल राहुल

केएल राहुल यो सूचीको पहिलो स्थानमा छन्। केएल राहुल एक मात्र भारतीय खेलाडी हुन् जसले वान्डेमा डेब्यूमै शतक बनाएका छन्।

उनले ११ जून २०१६ मा हरारेमा जिम्बावेविरूद्ध वान्डेमा डेब्यू गरेका थिए र त्यो खेलमा १०० रन बनाए।

भारतले सो खेल ९ विकेटले जित्यो र केएल राहुल पहिलो खेलमा ‘म्यान अफ द म्याच’ बने। जीतपछि उनी भारतीय टीमका एक प्रमुख खेलाडी बनेका छन्।

Loading...