भारतलाई टी-२० विश्वकपको निर्णय लिन आईसीसीले दियो समय 

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय क्रिक्रेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई टी-२० विश्वकप आयोजना गर्ने निर्णय लिन समय दिएको छ।

मंगलबार आईसीसी बोर्डको अनलाइन बैठकमा भारतको प्रतिनिधित्व गर्दै बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहलाई जून २८ सम्म निर्णय लिन समय दिएको हो।

भारत अहिले कोरोना भाइरसको संक्रमणसँग जुधिँरहेको छ। टी–२० विश्वकप यस वर्ष अक्टोबर/नोभेम्बरमा आयोजना हुनेछ। बीसीसीआईले एक महिनाको समय मागेको थियो जुन आईसीसी बोर्डले सर्वसम्मतिमा दिएको हो।

आईसीसी बोर्डका नजिकका एक स्रोतका अनुसार आईसीसीले बीसीसीआईको अनुरोधलाई स्वीकार गरेको छ। उनीहरूले भारतमा टी-२० विश्वकप आयोजना गर्ने निर्णय गरेका छन्।

यदि बीसीसीआई टूर्नामेन्ट गर्न नसकेको खण्डमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ। त्योभन्दा पहिले आईपीएलमा रहेका बाँकी खेल हुनेछन्। आईपीएलका बाँकी म्याच अक्टोबर १० सम्म हुनेछन् ।

आईसीसी बोर्डका एकसदस्यले भने, ‘बीसीसीआई भारतमा विश्वव्यापी प्रतियोगिता आयोजना गर्न चाहन्छ। तिनीहरू यो अवसर गुमाउन चाहँदैनन् ।’

Loading...