भारतीय टिम आज इंग्ल्याण्ड जाँदै, यस्तो छ खेल तालिका

काठमाडौं : भारतीय क्रिक्रेट टिम इंग्ल्याण्ड प्रस्थान गर्ने भएको छ। विराट कोहलीको कप्तानीमा २४ सदस्यीय टोली बुधबार इंग्ल्याण्ड प्रस्थान गर्ने भएको हो।

भारतले इंग्ल्याण्डमा विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्ने छ ।

१८ जुनदेखि विश्व टेष्ट च्याम्पियनसिप हुँदैछ। च्याम्पियनसिपको फाइनलमा भारले न्युजिल्यान्डविरुद्ध खेल्नेछ।

४ अगस्टदेखि इंग्ल्याण्डविरूद्ध ५ म्याचको टेस्ट श्रृंखला खेल्नेछ। भारतीय महिला क्रिकेट टीम पनि पुरुष टिमसँगै प्रस्थान गर्नेछ।

महिला टोलीले १६ जुनदेखि इंग्ल्याण्डविरूद्ध एक टेस्ट र तीन म्याच एकदिवसीय र टी-२० आई सीरीज खेल्नु पर्नेछ।

बीसीसीआईले यी दुबै टोलीका लागि चार्टर्ड उडानहरूको व्यवस्था गरेको छ। फाइनल खेल्नु अघि टोलीले अनिवार्य क्वारेन्टाइन पूरा गर्नुपर्नेछ। तर, क्वारेन्टाइनको अवधिमा पनि भारतीय खेलाडीहरूले अभ्यास गर्न भने पाउनेछन्।

कोरोनाको नेगेटिभ रिपोर्टसहित भारतीय खेलाडी इंग्ल्याण्ड पुग्न लागेका छन् । भारतीय टिम इंग्ल्याण्डमा साढे तीन महिना रहनेछ ।

Loading...