न्यूजिल्याण्डविरुद्ध बलिङ गर्दै इंग्ल्याण्ड, दुई ओलीसहित यी खेलाडीले पाए मौका

काठमाडौं- इंग्ल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ३ः४५ बजेदेखि लण्डनमा सुरु हुँदैछ ।

पहिलो टेष्टमा दुई खेलाडीले डेब्यू गरेका छन् । डेब्यू गर्नेमा न्यूजिल्याण्डका डेभन कोनवे र इंग्ल्याण्डका ओली रोबिन्सन रहेका छन् ।

न्यूजिल्याण्ड र इंग्ल्याण्डले भारतसँगको टेष्ट म्याच खेल्नुअघि सिरिज खेलिरहेका हुन् । न्यूजिल्याण्डले यही १८ जुनदेखि २२ जुनसम्म भारतसँग विश्व च्याम्पियनशिपको फाइनल म्याच खेल्दैछ ।

त्यस्तै, इंग्ल्याण्डले ४ अगस्टदेखि १० सेप्टेम्बरसम्म भारतसँग पाँच खेलको टेष्ट सिरिज खेल्नेछ ।

इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच भएका पाँच खेलमा न्यूजिल्याण्डले तीन खेलमा विजयी भएको छ । यी दुई टिमबीच भएका दुई खेल भने ड्र भएका थिए ।

इंग्ल्याण्डको प्लेइङ-११ : रोरी बर्न्स, डोम सिब्ली, ज्याक क्रली, जो रुट (कप्तान), ओली पोप, ड्यान लरेन्स, जेम्स ब्रेसी (विकेटकीपर), ओली रोबिन्सन, स्टुअर्ट ब्राड, मार्क वुड र जेम्स एन्डरसन ।

न्यूजिल्याण्डको प्लेइङ-११ : टम लाथम, डेभन कोनवे, केन विलियमसन (कप्तान), रस टेलर, हेनरी निकोलस, बिजे वाटलिङ (विकेटकीपर), कोलिनडी ग्रान्डहोम, मिचेल सान्टनर, काइल जेमिसन, टिम साउथी र नील वाग्नर ।

Loading...