इशानले बताए आफूलाई डर लाग्ने दुई बलरको नाम

काठमाडौं : भारतीय क्रिकेट टीमका सदस्य इशान किशनले आफूलाई डर लाग्ने बलरको बारेमा जानकारी दिएका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सबाट खेल्ने उनले आफूलाई डर लाग्ने बलरको बारेमा जानकारी दिएका हुन्।

इशानले मुम्बई इन्डियन्सको नेट अभ्यासमा दुई बलरको बारेमा कुरा गरे। उनले जसप्रीत बुमराह र क्रुणाल पाण्डेयको बलको सामना गर्दा आफूलाई डर लाग्ने बताएका हुन्।

कुन-कुन बलरको बलर सामना गर्दा अप्ठ्यारो हुन्छ भन्ने प्रश्न इशानले भने, ‘जसप्रीत बुमराह र कृणाल पाण्डेयको बलको सामना गर्दा मलाई समस्या हुन्छ ।’

क्रुणालको कान्छो भाई हार्दिकको बारेमा कुरा गर्दै इशानले उनले आफूबाट एउटा कुरा सिकेका बताए ।

‘हार्दिकको बललाई हिर्काउने गति सबैले प्रशंसा गर्दछन् । र, म पनि प्रशंसक हुँ,’ उनले भने, ‘उनको आँखा र हात समन्वय आश्चर्यजनक छ। उसले खेल्ने ब्याट मलाई भारी लाग्छ। त्यसकारण उसको ब्याट म प्रयोग गर्दैन्।

Loading...