भारतसँग खेल्नुअघि लयमा कोन्वे, डेब्यू म्याचमै शतक बनाए

काठमाडौं : न्यूजिल्यान्डले पहिलो टेस्ट म्याचको पहिलो दिनमा लर्ड्समा इंग्ल्यान्डविरुद्ध शानदार ब्याटिङ गरेको छ।

पहिलो दिनको खेलको अन्त्यमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा ३ विकेट गुमाएर २४६ रन बनाएको छ। यो अवस्थामा डेभन कन्वे १३६ र हेनरी निकोल्जले ४६ रनमा अविजित छन् ।

पहिलो दिनको खेल ८६ ओभर सम्भव भयो। टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्यान्डले राम्रो शुरुवात गर्‍यो ।

टम लाथम र डेभन कन्वेले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे। राम्रो फर्ममा देखिएका लाथम २३ रनमा ओली रबिन्सनको बलमा आउट भए। यो रबिन्सनको पहिलो टेस्ट विकेट थियो।

त्यसपछि केन विलियमसन पनि १३ रन बनाएर आउट भए। र, न्यूजिल्यान्डले कुल स्कोर ८६/२ बनायो। रस टेलर १४ रन बनाए। क्रिजमा टिक्न निकै प्रयास गरेका उनी सफल हुन सकेनन्। र, रबिन्सनको शिकार भए।

३ विकेट गुमाएर ११४ मा खेलिरहेको न्यूजिल्यान्ड दबावमा देखियो। तर, पहिलो टेस्ट खेलमै डेभन कन्वेले चौथो विकेटको लागि शतकको साझेदारी गर्दै हेनरी निकोल्सको साथ इतिहासमा आफ्नो नाम समावेश गरे।

डेब्यू खेलमै लार्ड्स जस्तो मैदानमा शतक बनाउनु गर्वको कुरा हो। कन्वे र निकोल्सले दिनको अन्तिम बलसम्म टिकेर खेले।

कन्वेले अवजित १३२ रन बनाए भने निकोल्सले ४६ रन बनाए। न्यूजिल्यान्डको स्कोर ३ विकेटमा २४६ पुग्यो। इंग्ल्यान्डका लागि रोबिनसनले २ र एन्डरसनले १ विकेट लिए।

इंग्ल्याण्डसँगको टेष्ट सिरिजपछि न्यूजिल्याण्डले १८ जुनदेखि २२ जुनसम्म इंग्ल्याण्डमै भारतसँग टेष्ट च्याम्पियन्सको फाइनल म्याच खेल्दैछ ।

पहिलो दिनमा न्यूजिल्याण्ड

न्यूजिल्याण्ड पहिलो ईनिङ्स २४६/३ (कन्वे/१३२)

Loading...