धोनीलाई टिममा ल्याउन सकारात्मक थिएनन् गांगुली, पूर्वविकटकीपरले गरे खुलासा

काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वमुख्य चयनकर्ता तथा पूर्वकीकेटीपर किरण मोरेले महेन्द्रसिंह धोनीको छनौटको कथा सुनाएका छन् ।

युट्युब कार्यक्रम ‘कर्टली एण्ड करिश्मा शो’ मा मोरेले धोनीलाई टिममा ल्याउन १० दिन सौरभ गांगुलीलाई मनाउनु परेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै मोरेले भने, ‘त्यस समयमा हामी एक ठूलो विकेटकीपर–ब्याट्सम्यानलाई खोज्दै थियौं । सन् २००३ विश्वकपमा राहुल द्रविडलाई विकेटकीपरको जिम्मेवारी दिइयो । विश्वकप सकिएपछि टिममा विकेटकीपरको आवश्यकता भयो ।’

‘त्यतिखेर विकेटकीपरको अलावा हामीलाई पावर हिटरहरू पनि चाहिएको थियो,’ मोरेले अगाडि थपे, ‘मेरो पार्टनरले पहिलो पटक धोनीलाई खेल्दै गरेको देखेका रहेछन् । मलाई माहीको खेल हेर्न मात्र भन्यो । म खेल हेर्न गए। धोनीले त्यो खेलमा १७० बलमा १३० रन बनाए ।’

‘धोनीको खेल देखेर हामी उनलाई दलीप ट्राफीको फाइनलमा खेलाउन चाहन्थ्यौँ। हामी धोनीलाई फाइनलमा विकेटकीपरको रूपमा खेलेको हेर्न चाहन्थ्यौँ,’ उनले भने, ‘यस्तो अवस्थामा मैले सौरभ गांगुली र दीपदास गुप्तासँग कुरा गरे। उनीहरूलाई मनाउन धेरै समय लाग्यो।’

‘धोनीको खेल देखेर हामी उनलाई दलीप ट्रफीको फाइनलमा खेलाउन चाहन्थ्यौँ । हामी धोनीलाई फाइनलमा विकेटकीपरको रूपमा खेलेको हेर्न चाहन्थ्यौँ,’ उनले भने, ‘यस्तो अवस्थामा मैले सौरभ गांगुली र दीपदास गुप्तासँग कुरा गरे । उनीहरूलाई मनाउन धेरै समय लाग्यो।’

मोरेले भनेका छन्, ‘त्यसपछि मैले गांगुलीलाई धोनी छान्ने बारेमा कुरा गरे। सुरुमा गांगुली यस कुरामा सहमत थिएनन्। उनलाई मनाउन मलाई १० दिन लाग्यो ।’

धोनीलाई केन्या भ्रमणमा भारत ‘ए’ को लागि खेल्ने मौका मिल्यो । जहाँ उनले दुई शतक र एक शतकको सहयोगमा सात खेलमा ३६२ रन बनाए । यसपछि उनी भारतीय टिममा चयन भए । धोनीले आफ्नो खेलको साथै भारतीय क्रिकेट परिवर्तन गरे ।

सन् २००७ मा धोनीले भारतको कप्तानी पनि गरे । र, उनले भारतलाई पहिलो टी-२० विश्वकपको विजेता बनाए । धोनीको कप्तानीमा सन् २०११ मा भारतले वानडे विश्वकपको उपाधि पनि जित्यो ।

यसबाहेक धोनीको नेतृत्वमा भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि पनि हात पार्न सफल भयो ।

Loading...