यी तीन चर्चित क्रिकेटर : जसले २०२१ मा सर्वाधिक छक्का हिर्काए

काठमाडौं- आजभोलि क्रिकेटमा छक्का प्रहार गर्ने एक नयाँ प्रवृत्ति भएको छ । यो कुनै पनि ढाँचामा होस्, ब्याट्सम्यानले ठूलो शटहरू खेल्न प्रयास गर्छन् ।

यद्यपि, टेष्टमा छक्का सीमित ओभरको भन्दा कम परिमाणमा देखिन्छ । टेष्टमा ब्याट्सम्यान सेट भएपछि बलरविरुद्ध आक्रामक दृष्टिकोण राख्छन् । तीव्र गतिकाभन्दा पनि स्पिनर धेरै चुटिन्छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यान जोखिम मोलेर ब्याटिङ गर्न डराउँदैनन् । तर, टेष्टमा भने ब्याट्सम्यान निकै सावधानीपूर्वक खेल्छन् ।

कोरोनाका कारण पछिल्लो समयमा पर्याप्त टेष्ट क्रिक्रेट हुन सकेका छैनन् । यद्यपि, बुधबारदेखि भने फेरि टेष्ट क्रिकेट सुरु भएको छ ।

न्यूजिल्याण्ड र इंग्ल्याण्डले टेष्ट श्रृंखलाअन्तर्गत पहिलो म्याच लर्ड्समा खेल्दैछन् । यस वर्ष अहिलेसम्म २२ वटा टेष्ट म्याच भइसकेका छन् । यो अवस्थासम्म धेरै ब्याट्सम्यान छक्का प्रहार गर्ने सूचीको शीर्ष स्थानमा छन् ।

यसैबीच, आज तीन ब्याट्सम्यानको बारेमा जानकारी दिँदैछौँ, जसले यस वर्षमा टेष्टमा सबैभन्दा बढी छक्का प्रहार गरे :

३. अल्जारी जोसेफ

वेष्ट इण्डिजका बलर अल्जारी जोसेफ ब्याटिङबाट पनि महत्वपूर्ण योगदान दिने गरेका छन् ।

जोसेफ शक्तिशाली शट खेल्न पनि माहिर छन्। यो समयमा उनले अन्य ब्याट्सम्यानको तुलनामा बढी छक्का प्रहार गरेका छन् ।

जोसेफले ३ खेलमा १२० रन बनाएका छन् भने यस अवधिमा उनले ७ छक्का हिर्काइसकेका छन् ।

२. काइल मेयर्स

फेब्रुअरी २०२१ मा बंगलादेशविरुद्ध टेष्ट डेब्यू गरेका काइल मेयर्सले दोस्रो टेष्ट इनिङ्समा वेष्ट इण्डिजलाई कीर्तिमानी जित दिलाएका थिए ।

उनको टेष्ट करियर भर्खरै सुरु भएको छ । तर, मेयर्सले आफ्नो प्रतिभाबाट सबैलाई प्रभावित पार्न कुनै कसर बाँकी राखेका छैनन् ।

मेयर्सले यस वर्ष अहिलेसम्म चार टेष्ट खेल खेलेका छन् । र, एक शतक र दुई अर्धशतकको सहयोगमा उनले ४६२ रन बनाएका छन् । मेयर्सले यस अवधिमा ९ छक्का प्रहार गरेका छन् ।

१. ऋषभ पन्त

भारतीय विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले यस वर्ष टेष्ट ढाँचामा उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले अष्ट्रेलिया र इंग्ल्याण्डविरुद्ध घरेलु टेष्ट श्रृंखलामा स्पिन बलरविरुद्ध आक्रामक पारी खेलेका थिए ।

आवश्यक परेको बेला पन्त तीव्र गतिका बलरविरुद्ध पनि ठूला शट खेल्छन् ।

उनी यस वर्षको टेष्टमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । उनले ६ टेष्ट म्याचको १० इनिङ्सगमा १४ छक्का प्रहार गरिसकेका छन् ।

नोट : यो समाचारमा हामीले १ जनवरी २०२१ देखि ३ जुन २०२१ सम्मको मात्र तथ्यांक समावेश गरेका छौँ ।

Loading...