यी हुन् छक्का हिर्काउँदै शतक पूरा गर्ने दाजु-भाई

काठमाडौं : क्रिकेट मैदानमा त्यस्ता धेरै ब्याट्सम्यानहरू छन् जसले जसले छक्का प्रहार गरेर शतक पूरा गरेका छन् । यो सूचीको शीर्ष स्थानमा भारतीय टिमका पूर्वब्याट्सम्यान वीरेन्द्र सहवागको नाम आउँछ ।

सहवाग भारतीय क्रिकेटका निडर ब्याट्सम्यानमध्ये एक हुन् । उनले आफ्नो शतकको नजिक पुगेपछि पनि दबाबबिना ब्याटिङ गर्ने गर्थे । र, छक्का प्रहार गरेर शतक पूरा गर्ने हिम्मत राख्थे।

 

सहवागबाहेक अन्य थुप्रै निडर खेलाडीहरू पनि थिए । जसले आफ्नो करियरमा छक्का प्रहार गरेर शतक बनाए । यसैबीच, आज दुई दाजु-भाईले बारेमा चर्चा गर्दैछौँ, जसले चौका/छक्का प्रहार गर्दै शतक बनाए :

इरफान पठान 

भारतका अनुभवी खेलाडी इरफान पठानले आफ्नो अन्तर्राष्ट्रिय करियरमा एक मात्र शतक बनाए। तर. उनले छक्का प्रहार गरेर शतक पूरा गरे ।

सन् २००७ मा बैंग्लोरमा पाकिस्तानविरुद्ध खेलेको टेष्ट खेलमा इरफानले आफ्नो करियरको पहिलो शतक बनाए।

सो खेलमा उनले ९६ रन बनाएर खेलिरहँदा पाकिस्तानी स्पिनर डेनिस कनिरियाको लमा छक्का हिर्काउँदै शतक पूरा गरे ।

छक्का लगाएलगत्तै भने उनी आउट भए । इरफानले आफ्नो करियरमा २९ टेस्ट म्याच, १२० एकदिवसीय र २४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

इरफानले टेस्टमा १ सय विकेट, एकदिवसीयमा १७३ र टी-२० अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् ।

युसुफ पठान 

युसुफ पठानले आफ्नो अन्तर्राष्ट्रिय करियरमा दुई शतक बनाए । दुवै पटक उनले छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । युसुफले पहिलो पटक सन् २०१० मा न्यूजिल्याण्डविरुद्ध १२३ रन बनाएका थिए ।

यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो शतक थियो । उनले एन्डी म्याकोयको बलमा छक्का प्रहार गरेर पहिलो शतक पूरा गरे । यस खेलमा युसुफले ९६ बलमा १२३ रनको पारी खेले । जसमा ७ चौका र ७ छक्का पनि समावेश थिए ।

यसपछि उनले ओडीआई करियरको दोस्रो शतक सन् २०११ मा दक्षिण अफ्रीकाविरुद्ध बनाएका थिए । यस खेलमा उनले ७० बलमा १०५ रन बनाएका थिए ।

९५ रन बनाएर खेलिरहेको समयमा पठानले छक्का हिर्काउँदै शतक बनाए । यस खेलमा उनले ८ चौका र ८ छक्का प्रहार गरे ।

युसुफले आफ्नो करियरमा टेष्ट म्याच खेल्न पाएनन् । तर, वानडे र टी-२० प्रारूपमा उनी सधैं विपक्षी बलरका लागि समस्याको रूपमा खडा भए ।

युसुफले ५७ एकदिवसीय म्याचमा ८१० रन बनाए । जसमा दुई शतक र तीन अर्धशतक सामेल छ । यस बाहेक उनले २२ टी-२० अन्तर्राष्ट्रिय म्याचमा २३६ रन बनाए ।

Loading...