विराट भर्सेस बाबर : को उत्कृष्ट ब्याट्सम्यान? बाबरले दिए प्रतिक्रिया

काठमाडौं- विराट कोहली र बाबर आजम वर्तमान समयका सर्वश्रेष्ठ खेलाडी हुन्।

कोहली र आजम वास्तवमा आधुनिक युगका दुई उत्कृष्ट ब्याट्सम्यान हुन्। दुवै खेलाडीले आफ्नो देशको लागि राम्रो प्रदर्शन गरिरहेका छन्।

उनीहरूको खेल्ने शैलीमा पनि समानता छ। जसको कारण यी दुईबीच लामो समयदेखि तुलना भइरहेको छ। धेरै विज्ञहरूले कोहलीलाई राम्रो ब्याट्सम्यानको रूपमा छान्छन् भने कोहीले बाबर आजमलाई समर्थन गरेका छन्।

अहिले आजमले पनि यो चर्चित विषयको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनका विचारहरू साँच्चै रोचक छन्।

पाकिस्तानी कप्तान आजमले कोहलीलाई उत्कृष्ट ब्याट्सम्यानमध्ये एकको रूपमा वर्णन गरे। उनले भारतीय कप्तान कोहलीसँग आफ्नो तुलना गर्न पाउँदा गर्व महसुस भएको समेत बताए।

तुलना गर्दा म दबाब महसुस गर्दिन : बाबर आजम

बाबरले खलीज टाइम्ससँग भने, ‘विराट विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्। उनले जताततै र ठूलो खेलमा प्रदर्शन गरेका छन्। जब मानिसहरूले हामीलाई तुलना गर्छन्, म दवाव महसुस गर्दिन, म गर्व महसुस गर्छु,’ उनले भने।

उनले थप्दै भने, ‘व्यक्तिगत रूपमा मलाई कुनै तुलना हुनु हुँदैन जस्तो लाग्छ। तर, मानिसहरूले यो गर्छन् र म खुसी छु।’

पाकिस्तानी स्टार बाबरले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो प्रगति गरेका छन्। उनले लगातार पाकिस्तानको लागि राम्रो प्रदर्शन गरिरहेको छ।

Loading...