‘पीएसएल’का बाँकी खेल जुन ९ बाट सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं : पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेटका बाँकी खेलहरू जुन ९ बाट सुरु हुने भएका छन्। बाँकी म्याच जुन ९ बाट सुरु हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको हो।

यसअघि कोरोनाको कारण पीएसएलका बाँकी खेलहरू स्थगित गरिएको थियो। टुर्नामेन्ट २० फेब्रुअरीमा कराचीमा सुरु भएको थियो। १४ खेलपछि कोरोनाका कारण प्रतियोगिता स्थगित भएको थियो।

पीएसएलमा अब २० खेलहरू बाँकी रहेको छ। कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्न लागिएको हो। पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामाबाद युनाईटेडबीच खेल हुनेछ।

यूएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ। पीएसएल सकिएलगत्तै पाकिस्तानी टिम घरेलु टिमसँगको सिरिजका लागि जुन २५ गते इंग्ल्याण्ड प्रस्थान गर्ने समेत पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

यस्तो छ खेल तालिका :

Loading...