आयरल्याण्डविरुद्ध १५७ रनमा समेटियो नेदरल्याण्ड्स

काठमाडौं- आईसीसी वर्ल्ड कप सुपर लिगअन्तर्गत एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्डविरुद्ध नेदरल्याण्ड्स १ सय ५७ रनमा समेटिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि म्याक्स ओदाउदले ३६, बासडी लिडे, स्कट एड्रवासले २३/२३, ब्रान्डन ग्लोभरले १८, लोगानभान बीकले अविजित २२, कप्तान पिटर सीलार र स्टीफन माईवर्गले ११/११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा जोस लिटल, क्रेग योङले चार/चार, एन्डी म्याकब्रिन र ब्यारी म्याकार्थीले एक/एक विकेट लिए । तीन खेलेको सिरिजमा घरेलु टोली नेदरल्याण्ड्स १-० ले अगाडि छ ।

Loading...