सन्दीपले बेलायतको भिसा पाए, कहिले जोडिने छन् टिमसँग?

काठमाडौं- नेपाली क्रिकेट टिमका महत्वपूर्ण बलर सन्दीप लामिछानेले बेलायतको भिसा पाएका छन् ।

भिसा प्राप्त गरेसँगै सन्दीपलाई टी-२० ब्लास्ट र द हन्ड्रेड प्रतियोगिता खेल्न इंग्ल्याण्ड जाने भएका छन् ।

सन्दीप टी-२० ब्लास्टमा वोर्स्टसायर र द हन्ड्रेड बलमा इन्भिसिवल्समा अनुबन्ध छन् । ‘सन्दीपको भिसा शुक्रबार आएको छ अब बेलायत प्रतियोगितामा भाग लिने तयारीमा छ,’ सन्दीपका म्यानेजर रमन सिवाकोटीले भने ।

Photo : Bishal, The Photographer

भिसा भिएफएस ग्लोबलमार्फत सन्दीपको भिसा आएको हो । भिएफएस आउटसोर्सिङ टेक्नोलोजी सेवा प्रदायक कम्पनी हो । यसले विश्वभरि भिसा सहजीकरण गर्ने काम गर्छ ।

ढीला भिसाा प्राप्त भएकाले सन्दीपले टी-२० ब्लास्टका सुरुवात म्याच गुमाउने छन् । टी-२० ब्लास्ट ९ जुनदेखि सुरु हुँदैछ ।

टी-२० ब्लास्टको सुरुकै खेलमा आबद्ध हुन सन्दीप मेको अन्तिम सातामै बेलायत पुग्नुपर्ने थियो । तर, भिसा समयमै प्राप्त गर्न नसक्दा सन्दीपले केही समस्या झेल्नुपर्नेछ ।

बेलायतले अनिवार्य दश दिनको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । यो प्रोटोकल अपनाएर बेलायत जाँदा सन्दीप १० दिन क्वारेन्टिनमा बस्नुपर्छ ।

दुईपटकसम्म कोरोनाको रिपोर्ट नेगेटिभ आउँदा मात्र उनी टी-२० ब्लास्टमा सहभागी हुन पाउनेछन् । सन्दीपले ब्लास्टका चार/पाँच म्याच गुमाउने छन् ।

Loading...