यी हुन् विश्वका ६ अग्ला क्रिकेटर, एक नम्बरमा पाकिस्तानका खेलाडी

काठमाडौं : क्रिकेट त्यस्तो खेल हो जसमा अग्ला र छोटा खेलाडीहरू बराबर रहन्छन् । क्रिकेटको संसारमा उचाइले खास फरक पार्दैन । यहाँ खेलाडीले आफ्नो सीप देखाउँदै क्रिक्रेटमा भविष्य खोजिरहेका हुन्छन् ।

खेलमा अग्ला खेलाडीहरू छोटा खेलाडीहरू र भारी खेलाडीहरूले पनि उनीहरूको प्रदर्शनको साथ सबैलाई चकित पार्छन् । क्रिकेटका भगवान सचिन तेन्दुलकरको उचाइ कम हुन सक्छ ।

तर, विश्व क्रिकेटमा उनको उचाई विशाल र अग्लो छ । आज हामी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा अग्ला ६ क्रिक्रेटरको बारेमा जानकारी दिँदैछौँ :

मोहम्मद इरफान

हाल पाकिस्तानका मोहम्मद इरफान अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा अग्ला खेलाडी हुन् । मोहम्मद इरफानको उचाई ७ फिट १ इन्च छ । उनको लम्बाईका कारण इरफानको बलमा ब्याट्सम्यानलाई रन बनाउन निकै चुनौती हुन्छ ।

विशेष गरी इरफानले आफ्नो लम्बाइको फाइदा उठाउँदै ब्याट्सम्यान बाउन्स बल बढी दिन्छन्। जसको कारण उनको बलमा ब्याट्सम्यानलाई सधै‌‌ समस्यामा पर्छन्। इरफान क्रिकेटमा अझै सक्रिय छन्।

काइल जेमिसन

न्यूजिल्यान्डको तीव्र गतिका बलर काइल जेमिसनको उचाई ६ फिट ८ इन्च छ । जेमिसन न्यूजिल्याण्ड क्रिकेटमा एक उत्कृष्ट बलर हुन् ।

जोएल गार्नर

वेस्ट इन्डिजका गोलर जोएल गार्नरको फिट ६ फिट ८ इन्च रहेको छ । गार्नर बलिङमा आफ्नो लम्बाइको फाइदा उठाउने गर्थे ।

गार्नरले आफ्नो लम्बाइको फाइदा उठाउँदा बलिङ गर्दा जहिले पनि बाउन्सर प्रयोग गर्न सक्थे। उनको बलले छिटो बाउन्सर र यार्कर ब्याट्सम्यानलाई समस्या हुन्थ्यो। जोएल गार्नरलाई ‘बिग बर्ड’ को रूपमा पनि चिनिन्थ्यो।

ब्रुस रीड

अष्ट्रेलियका ब्रूस रेड अन्तर्राष्ट्रिय क्रिकेटका सब भन्दा अग्लो खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा थिए। उसनो उचाई ६ फिट ८ इन्च थियो।

रेडले भारतीय क्रिकेटमा बलिङ कोचको भूमिका पनि गरिसकेका छन्। अष्ट्रेलियाका तिब्र गतिका बलर आफ्नो समयमा बलिङ बाउन्सरका लागि परिचित थिए। उनले बलिङका क्रममा ब्याट्सम्यानले होशियारी पूर्वक खेल्नुपथ्र्यो।

पीटर जर्ज

पीटर जर्ज पनि अष्ट्रेलियाका एक तिब्र गतिका बलर हुन्। उनको उचाई ६ फिट ८ इन्च छ।२०१० मा जर्जले भारतविरुद्धमा डेब्यू गरेका थिए। तर, पछि फेरि उनले कुनै अन्तर्राष्ट्रिय खेल खेल्न सकेनन्।

क्रिटली एम्ब्रोज

वेस्टइण्डीजका तीव्रगतिका बलर कर्टली एम्ब्रोजको वेस्ट इण्डीज क्रिकेटमा स्थान एकदम उच्च छ। उनको उचाई ६ फिट ७.९ इन्च छ।

मोहम्मद मुदस्सर

पाकिस्तानी क्रिकेटर मोहम्मद मुदस्सरको उचाई ७ फिट ८ इन्च छ। यदि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्न सफल भए भने उनी अहिलेसम्मकै अग्लो खेलाडी बन्ने छन्। अहिलेसम्म मुदस्सरको यात्रा पीएसलसम्म भएको छ।

मोहम्मद मुदासार एक स्पिन बलर हुन्। तर, अहिले उनको उमेर ४० बर्ष भएको छ। जसका कारण उनले पाकिस्तानबाट खेल्न गाह्रो छ।

Loading...