इंग्ल्यान्ड र न्यूजिल्याण्डबीचको पहिलो टेस्ट ड्र

काठमाडौं : इंग्ल्यान्ड र न्यूजिल्याण्डबीचको पहिलो टेस्ट बराबरी भएको छ। लर्ड्समा आइतबार टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ विकेट गुमाएर १७० रन जोडेपछि खेल ड्र भएको हो।

न्यूजिल्याण्डले दिएको २७५ रनको लक्ष्यसहित दोस्रो इनिङको ब्याटिङ गरेको इंग्ल्यान्डले खेल ड्र गर्न सफल भएको हो। ६२/२ को स्कोरबाट खेलेको न्यूजिल्यान्डले नील वाग्नरको विकेट गुमायो। उनले १० रन बनाए।

यसपछि टोम लाथम पनि ३६ रनमा आउट भए। खेलको अन्तिम दिन भएको कारण रस टेलरले केही आकर्षक शट बनाए। उनले ३५ बलमा ३३ रन बनाए। हेनरी निकोल्सले २३ रन बनाए। न्यूजिल्याण्ड ६ विकेट गुमाएर १६९ रन बनाएर पारी समाप्तको घोषणा गर्यो।

जवाफी इंग्ल्यान्डले ७३ ओभरमा २७३ रनको लक्ष्य पायो। इंग्ल्यान्डका लागि रोबिनसनले ३ विकेट लिए, ब्रड, रूट र वुडले १–१ विकेट लिए। जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डको लागि डम सिब्लीले अविजित ६० रन बनाए।

कप्तान जोय रुटले ४० रन जोड्दा ओली पोपले २० रन जोडे। न्युजिल्याण्डका निल वाग्नेरले २ विकेट लिए। यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड २७५ रन जोड्दा अलआउट भएको थियो।

इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा रोरी बर्नसले १ सय ३२ रनको शतकीय इनिङ्स खेले। इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्यूजिल्याण्डका टिम साउथीले ६ विकेट लिए। यस अघि पहिलो इनिङ्समा न्यूजिल्याण्डले ३ सय ७८ रन बनाएको थियो।

न्यूजिल्याण्डका लागि डेब्यु खेलाडी डेभोन कोनवेले २०० रनको दोहोरो शतकीय इनिङ्स खेले। यस्तै हेनरी निकोल्सले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टम लाथम २३, रोस टेलर १४ र कप्तान केन विलियम्सन १३ रनमा आउट भए।

इंग्ल्यान्डका ओली रोबिनसनले ४ तथा मार्क उडले ३ तथा जेम्स एण्डरसनले २ विकेट लिए। दोस्रो इनिङ्समा न्युजिल्याण्डले १६९ रन बनाएको थियो।

इंग्ल्यान्ड भ्रमणमा रहेको न्यूजिल्याण्डले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ। दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ।

इंग्ल्यान्डसँगको दोस्रो टेस्टमा प्रतिस्पर्धा गरेपछि न्युजिल्यान्डले भारतविरुद्ध इंग्ल्यान्डमै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दै छ।

स्कोर
न्यूजिल्याण्ड : ३७८/१०, १६९/६ पारी घोषित
इंग्ल्यान्ड : २७५, १७०/३

Loading...