गावस्कर भारतीय टिमको कोच बन्न किन चाहँदैनन्? बताए कारण

काठमाडौं- भारतीय टिमका पूर्वकप्तान सुनील गावस्करले भारतीय राष्ट्रिय टिमलाई कहिले पनि प्रशिक्षण नदिने बताएका छन्। खेललाई लामो समयसम्म एक किनारबाट हेर्न नसक्ने भन्दै उनले प्रशिक्षण नदिने बताएका हुन्।

गावस्कर आफ्ना पालाका भारतीय टीमका महत्वपूर्ण सदस्य थिए । उनी हाल कमेन्ट्रीमै व्यस्त छन् । उनले सीधा र स्पष्ट रूपमा आफ्नो राय व्यक्त गर्छन्।

गावस्करले २००४ मा अस्ट्रेलियाविरुद्ध भारतीय टीमको घरेलु श्रृंखलामा परामर्शदाता नियुक्त भएपछि प्रशिक्षक बन्न पुगेका थिए।

एक युट्युब च्यानलसँग कुराकानीमा गावस्करले भने, ‘जब म खेल खेल्दै थिएँ, म क्रिकेटको भयानक दृश्यकर्ता हुँ। यदि म बाहिर थिए भने, म बीच–बीचमा म्याच हेर्ने थिएँ। ड्रेसिङ कोठामा जान्थें र केही समयको लागि खेल देखेपछि मात्र केही पढ्ने गर्थें। त्यसपछि, म फेरि बाहिर आउँथे र खेल हेर्थे।’

‘विश्वनाथको जसरी खेल हेर्न सक्दैन। यो कोचको कामका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। यसैले मैले कोच बन्ने सोच कहिल्यै गरिन्,’ उनले भने।

गावस्करले भारतका लागि १२५ टेस्टमा ५१.१२ को औसतमा ३४ शतकसहित १०१२२ रन बनाए । उनले वानडेमा ३५.१३ को औसतमा ३ हजारभन्दा बढी रन बनाए।

टोलीलाई प्रशिक्षण नदिए पनि गावस्करले भारतीय क्रिकेटरको नयाँ पुस्तालाई भने सहयोग गरिरहेका छन्।

क्रिकेट विश्लेषणको क्रममा पनि उनी आफूले नचाहेको कुरा भन्न हिचकिचाउँदैनन् । गावस्कर टिप्पणी गर्नेहरू मध्ये भिन्न व्यक्तिका रूपमा चिनिन्छन् ।

Loading...