डेब्यू म्याचमै ७ विकेट लिने ओली निलम्बित

काठमाडौं- इंग्ल्याण्डका क्रिकेट टिमका तीव्र गतिका बलर ओली रोबिन्सन निलम्बित भएका छन् ।

९ वर्षअघि ट्वीटरमा पोष्ट गरिएको रंगभेद र लैंगिक विभेद हुने किसिमको स्टाटस भाइरल भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)ले रोबिन्सनलाई निलम्बित गरेको हो ।

बोर्डले लैंगिक र जातीय विभेदमा कुनै प्रकारको विभेद भएको पाइए कडा कारवाहीको प्रावधान बनाएको छ ।

न्यूजिल्याण्डविरुद्ध लर्डसमा भएको पहिलो टेष्टमा रबिन्सनले ७ विकेट लिए । उनको यो डेब्यू म्याच पनि हो । रोबिनसनले डेब्यूमै पहिलो इनिङ्समा चार र दोस्रो पारीमा तीन विकेट लिए ।

दोस्रो टेष्टमा भने उनी टिमको हिस्सा हुने छैनन् ।

‘ओली रबिन्सन २०१२ र २०१३ मा प्रकाशित ट्वीटपछि अनुशासनिक अनुसन्धानको नतिजासम्म सबै अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको छ,’ ईसीबीले एक आधिकारिक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निलम्बित भएसँगै रोबिन्सन तत्काल इंग्ल्याण्ड क्याम्प छोडेर आफ्नो काउन्टी टिममा फर्किदैछन् । बोर्डले उनलाई काउन्टी क्रिकेट खेल्न भने छुट दिएको छ ।

रोबिन्सनले पहिलो खेलपछि केही पुरानो ट्वीटहरूको कारण निलम्बनको सामना गर्नु परेको हो ।

मिडिया रिपोर्टअनुसार लैंगिक र जातीय विभेद ट्वीटका कारण उनलाई निलम्बन गरिएको छ । यस सम्बन्धमा ईसीबीको शून्य सहिष्णुता नीति रहेको छ, जसअन्तर्गत उसलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित गरिएको छ ।

Loading...