टेष्ट च्याम्पियनशिप : भारतमाथि आइपर्न सक्छ यस्तो समस्या, पूर्वखेलाडीले गरे भविष्यवाणी

काठमाडौं : भारतीय टिमका पूर्वक्रिक्रेटर दिलीप भेन्गसरकरले अभ्यासको अभाव हुँदा भारतीय टिमलाई समस्या हुने बताएका छन् ।

उनले वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलअघि अभ्यासको अभाव हुँदा भारतीय टिमलाई समस्या हुने बताएका हुन् ।

भारतले न्यूजिल्याण्डविरुद्ध टेष्ट च्याम्पियनशिपको फाइनल खेल जून १८ देखि २२ जुनसम्म साउथह्याम्टनमा खेल्नेछ।

‘कोहली यस समय विश्व क्रिकेटका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन् । विराट वा रोहित शर्मा जस्ता खेलाडीहरू विश्व स्तरीय खेलाडी हुन्,’ पीटीआईसँग कुरा गर्दै भेन्गसरकरले भने, ‘उनीहरू आफ्नो प्रदर्शनको साथ भारतको लागि खेल जित्नमा गर्व गर्छन् । यो राम्रो चीज हो र दुवै धेरै राम्रा फार्ममा छन्। तर, मलाई लाग्छ अभ्यासको अभावले उनीहरूलाई चोट पुर्‍याउन सक्छ।’

भेन्गसरकरले भारत एक राम्रो टिम र उत्कृष्ट फर्ममा रहेको बताए । यसअघि कोहलीले भने प्रेस सम्मेलनको बेला अभ्यासको अभाव नरहेको बताएका थिए ।

‘हाम्रो टोलीका प्रायः सबै खेलाडीहरूले यहाँ खेल्ने अनुभव पाएका छन् । अझै हामीसँग अभ्यासको समय बाँकी छ,’ उनले भने ।

विराट कोहली र टिमले प्रशिक्षणको लागि अनुमति प्राप्त गरेको छ । टोलीले तीन दिनको क्वारेन्टाइन अवधि पूरा गरेपछि अभ्यास गर्नेछ ।

Loading...