यी तीन क्रिकेट टिम : जो १० रनभन्दा कममै अलआउट भए

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै टोलीहरू सबैभन्दा कम स्कोरमा सीमित भएका छन्। टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोरको रेकर्ड न्यूजिल्याण्ड (२६) को नाममा छ।

वानडे क्रिक्रेटमा यो रेकर्ड संयुक्त रूपमा जिम्बाव्वे र यूएसए (३५ रन) को नाममा रहेको छ भने टी–२० क्रिकेटमा टर्की (२१ रन) को नाममा रहेको छ। महिला टेस्ट क्रिकेटको बारेमा कुरा गर्दा सबैभन्दा सानो स्कोरको लागि विश्व कीर्तिमान इंग्ल्यान्ड (३५ रन) को नाममा छ।

महिला वानडे अन्तर्राष्ट्रियमा यो रेकर्ड नेदरल्याण्डस् (२२) को नाममा छ। यद्यपि, सबैभन्दा कम स्कोरमा सीमित हुने रेकर्डको कीर्तिमान महिला टी–२० क्रिकेटमा रहेको छ। जहाँ टीम १० रनमा अलआउट भएको छ।

पुरुष र महिला अन्तर्राष्ट्रिय क्रिकेटमा हेर्ने हो भने जहाँ टीम १० रन भन्दा कम स्कोरमा समेटिएका छन्।

नेपालविरुद्ध माल्दिभ्स ८ रनमा अलआउट

७ डिसेम्बर २०१९ मा पोखरामा भएको दक्षिण एसियाली खेलमा नेपालविरुद्धको खेलमा माल्दिभ्स ११.३ ओभरमा ८ रन बनाएर अलआउट भयो।

नेपालका लागि अन्जली चन्दले १ रन दिएर ४ विकेट लिइन्। उनी खेलमा प्लेयर अफ द म्याच घोषित भइन्। उक्त खेल नेपालले १.१ ओभरमा बिना विकेटको क्षतीमा पूरा गर्यो।

बंगलादेशविरुद्ध माल्दिभ्स ६ रनमा अलआउट

५ डिसेम्बर २०१९ मा पोखरामा भएको दक्षिण एसियाली खेलमा बंगलादेशविरुद्ध माल्दिभ्स ६ रनमा अलआउट भयो।

टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरको विश्व रेकर्ड बराबर गर्‍यो । पहिले ब्याटिङ गर्दै बंगलादेशले २५५/२ को विशाल स्कोर बनाएको थियो।

माल्दिभ्स ६ रनमा अलआउट भएपछि बंगलादेशले उक्त खेल २४९ रनले जित्यो । निगर सुल्तानाले ११३ रनको शतकिय पारी खेलेकी थिइन् । उनी म्यान अफ द म्याच घोषित भइन्।

रुवाण्डाविरुद्ध  माली ६ रनमा अलआउट

२०१९ को क्विबुका महिला टी–२० क्रिकेटमा रुवाण्डाविरुद्ध माली ९ ओभरमा ६ रनमा अलआउट भयो। १८ जुन २०१९ मा रुवाण्डामा खेलेको त्यो खेलमा मालीको टोलीले छोटो स्कोर गर्ने विश्व कीर्तिमान बनायो।

पहिलो पटक कुनै टीम अन्तर्राष्ट्रिय क्रिकेटमा १० रन भन्दा कममा अलआउट भउको थियो। रुवाण्डाले ४ बलमा बिना विकेट लक्ष्य पूरा गर्‍यो ।

उक्त टूर्नामेन्टमा मालीले ६ खेल खेलेको थियो। जसमा उसको उच्च स्कोर ३०/९ थियो। जुन उसले २१ जुनमा रुवाण्डाविरुद्ध बनाउको थियो। यसका साथै मालीले युगान्डाविरुद्ध १० र १४ र तन्जानियाविरुद्ध ११ र १७ रन बनाएको थियो।

Loading...