यी हुन् विश्वकपमा सर्वाधिक क्याच लिने तीन भारतीय क्रिकेटर

काठमाडौं : विश्वकप जस्ता ठूलो टूर्नामेन्ट जित्नको लागि खेलाडीहरू भूमिका महत्वपूर्ण हुन्छ। बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सकियो भने खेल जित्ने सम्भावना उच्च हुन्छ।

अधिकाशं टीमहरू बलिङ र ब्याटिङमा बढी ध्यान दिन्छन् तर फिल्डिङमा त्यति होइन। तर, फिल्डिङ धेरै महत्तवपूर्ण छ किनकि महत्तवपूर्ण समयमा लिने क्याचले सम्पूर्ण खेल नै बदल्न सक्छ। जसको एक उदाहरणका रुपमा विश्वकप २०१९ लाई लिन सकिन्छ।

विश्वकप २०१९ को फाइनल खेलमा जोस बटलर रन आउट भएपछि इंग्ल्यान्ड विश्व च्याम्पियन भएको थियो। धेरै खेलाडीहरूले हालसम्म विश्व कपमा धेरै क्याच समातेका छन्।

तर, आज हामी तीन भारतीय खेलाडीको बारेमा जानकारी दिँदैछौँ। जसले विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै क्याच समातेका छन्।

कपिल देव

भारतीय टीमका पूर्वकप्तान कपिल देव एकदिवसीय विश्वकपमा सबैभन्दा बढी क्याच गर्ने भारतीय खेलाडीहरूको सूचीमा तेस्रो नम्बरमा छन्। कपिल देवको नेतृत्वमा भारतीय टीमले १९८३ को विश्वकप जित्यो।

त्यस समयमा उनको जबरजस्त कप्तानी थियो र उनले भारतलाई पहिलो पटक विश्व च्याम्पियन बनायो। कपिल देव एक अलराउन्डर थिए। उनले बलिङ र ब्याटिङ बाहेक फिल्डिङ पनि उत्कृष्ट गर्थे। उनले १९७९ देखि १९९२ सम्म विश्वकपमा कुल २६ खेल खेलेका थिए र २५ इनिङ्समा १२ क्याच लिएका थिए।

विराट कोहली

यस सूचीमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली दोस्रो नम्बरमा छन्। विराट कोहली विश्वको नम्बर एक ब्याट्सम्यान हुन्। तर, उनको फिल्डिङ पनि राम्रो छ। कोहली फिटनेसमा विशेष जोड दिन्छन्। उनले भारतीय टीममा फिटनेसको संस्कृति स्थापना गरे।

सोही कारण आज भारतीय टीमका खेलाडीहरू यत्तिको फिट छन्। कोहली द्रुत गतिमा दौडेर पनि बल समात्न सक्छन्। २०११ देखि २०१९ सम्म विश्वकपमा विराट कोहलीले २६ खेल खेलेका छन र यस अवधिमा २६ इनिङ्समा १४ क्याच लिएका छन्।

अनिल कुम्बले

भारतीय टीमका पूर्व अनुभवी स्पिनर अनिल कुम्बले यस सूचीमा पहिलो स्थानमा छन्। कुम्बलले भारतीय टीमलाई जिताउन अह्म भूमिका खेलेका थिए। उनी तल्लो क्रममा उपयोगी ब्याटिङ पनि गर्थे। यस सूचीमा कुम्बलेको नाम पहिलो स्थानमा छ।

उनी शानदार फिल्डिङ पनि गर्थे। उनले सायद कुनै पनि क्याचलाई मिस गरेनन् र यही कारण हो कि उनी भारतबाट एकदिवसीय विश्वकपमा सबैभन्दा धेरै क्याच गर्ने खेलाडी हुन्।

अनिल कुम्बलले १९९६ देखि २००७ सम्मको एकदिवसीय विश्व कपमा १८ खेल खेलेका थिए र यस अवधिमा १८ इनिङ्समा १४ क्याच लिएका थिए।

Loading...