आयरल्याण्डसँगको ‘वानडे सिरिज’ नेदरल्याण्ड्सले जित्यो

काठमाडौं । आयरल्याण्डसँगको आईसीसी वर्ल्ड कप सुपर लिगअन्तर्गत एकदिवसीय सिरिज नेदरल्याण्ड्सले जितेको छ ।

आज आयरल्याण्डलाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले यो सिरिज जितेको हो ।

जितसँगै नेदरल्याण्ड्सले इतिहास रचेको छ । डेब्यू सुपर लिगमा सिरिज जित्दै नेदरल्याण्ड्सले इतिहास रचेको हो ।

नेदरल्याण्ड्स पहिलो पटक सुपर लिगमा छनोट भएको थियो । उसको यो पहिलो सिरिज थियो ।

सिरिजको तेस्रो तथा अन्तिम तथा तेस्रो खेलमा आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्याण्ड्सले ४५.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका लागि स्टिफन माइबर्गले ७४, म्याक्स ओदाउदले ३६, मुसा अहमदले १९ र बासडी लीडेले १८ रन बनाए ।

बलिङमा सिमी सिंहले तीन, जोश लिटल, एन्डी म्याकब्रिन र ब्यारी म्याकार्थीले एकएक विकेट लिए ।

त्यसअघि, नेदरल्याण्ड्सविरुद्ध पाहुना टोली आयरल्याण्ड १ सय ६३ रनमै अलआउट भयो ।

टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड ४९.२ ओभरमा १ सय ६३ रनमा अलआउट भएको हो ।

उसका लागि ह्यारी टेक्टरले ५८, जर्ज डकरेलले ४०, सिमी सिंहले अविजित २१, र कप्तान एन्डी बलबर्नीले १३ रन बनाए ।

केभिनओ ब्रायन (०), पउल स्टर्लिङ (५)लगायत चर्तित ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा लोगानभान बीक, फ्रद क्लासेनले तीनतीन, टिमभानडर गुटेनले दुई र भिभिन किंग्माले एक विकेट लिए ।

Loading...