मासिक कति कमाउँछन् ऋषभ पन्त?

काठमाडौं : ऋषभ पन्त भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याट्सम्यान हुन् । उनी हाल तीनै प्रारूपको क्रिक्रेटमा टिमका महत्वपूर्ण सदस्य हुन्।

पन्तले आफ्नो छोटो करियरमा टेष्ट क्रिकेटमा छुट्टै किसिमको छाप बनाएका छन् । उनले वानडे वा टी–२० क्रिकेटमा पनि आफ्नो प्रदर्शनलाई सुधार गर्दैछन् । भारतीय टिमबाहेक पन्तका २०१६ देखि आईपीएल लगातार खेल्दै आएका छन् ।

उनी सन् २०१६ देखि दिल्ली क्यापिटलबाट मात्र आईपीएल खेलिरहेका छन् । र, आईपीएल २०२१ मा उनी दिल्लीको कप्तान पनि बनेका छन् । श्रेयस अय्यर चोटका कारण बाहिरिएपछि २९ म्याचसम्म पन्तलाई कप्तान बनाइएको हो ।

पन्त एक खेल विजेता खेलाडी हुन् । र, उनले धेरै पटक आफ्नो टिममलाई जिताएका छन् । यसैबीच, आज हामी पन्तको कमाई र तलबको बारेमा चर्चा गर्दैछौँ :

पन्तलाई बीसीसीआईले ग्रेड ‘ए’ को खेलाडीको श्रेणीमा राखेको छ। जसले उनलाई वार्षिक ५ करोड भारु कमाउँछन् ।

फाइल तस्बिर

यसबाहेक उनी तीनै प्रारूपको क्रिक्रेट खेल्छन् । बीसीसीआईले टेष्ट खेलको लागि प्रति म्याचको १५ लाख भारु दिन्छ । वानडे र टी–२० म्याच खेल्दा भारतीय खेलाडीले क्रमशः ६ र ३ लाख भारु पाउँछन् ।

हामीले माथि उल्लेख गरेझैं पन्त सुरुदेखि नै आईपीएल दिल्लीको लागि खेलिरहेका छन् । र, टोलीले उनलाई निरन्तर कायम राखेको छ । आईपीएलमा पन्तले वार्षिक १५ करोड भारु पाउँछन्।

यसका साथै पन्तले विभिन्न ब्रान्ड विज्ञापनहरू पनि गर्छन् । र, यसबाट उनले करोडौं रूपैयाँ कमाउँछन् ।

यी सबै चीजहरूलाई सँगै लगेर पन्त वर्षमा ३० करोडसम्म कमाउँछन् । पन्तसँग अहिले कूल सम्पति ५० करोडभन्दा माथि छ ।

Loading...