ओली निलम्बित भएपछि प्रधानमन्त्री जोनसनले गरे ईसीबीकाे निन्दा

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्यान्ड क्रिकेट बोर्डको निन्दा गरेका छन् ।

९ वर्ष अगाडि ओली रोबिन्सनले गरेको रंगभेद र लैंगिक विभेद हुने किसिमको स्टाटस भाइरल भएपछि ईसीबीले रोबिन्सनलाई निलम्बित गरेपछि प्रधानमन्त्री जोनसनले मुख खोलेका हुन्।

इंग्ल्यान्ड क्रिकेट बोर्डले रोबिन्सनलाई लर्डस क्रिकेट मैदानमा पहिलो खेल खेलेपछि प्रतिबन्ध लगाएपछि इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोनसन र क्याबिनेट मन्त्री ओलिभर डोडेनले चिन्ता व्यक्त गरेका थि ए।

डोडेनले एक ट्वीटमा ईसीबीको निन्दा गर्दै भनेका छन् कि प्रतिबन्ध निश्चय पानी टाउकोमाथि गइरहेको छ।

इंग्ल्यान्डका प्रधानमन्त्री जोनसनका प्रवक्ता ओलिभर डडनले ट्वीट गर्दै लेखेका छन्, ‘ओली रोबिन्सनको ट्वीट अपमानजनक र गलत थियो। तर, करिब एक दशक पुरानो थियो र एक जवान केटाले लेखेको थियो। यो केटो अब एक ठूलो मान्छे छ र माफी पनि माग्यो। ईसीबीले रोबिन्सनलाई निलम्बन गरेर यो गलत गर्‍यो र उनले यस बारे पुनर्विचार गर्नुपर्‍यो ।’

इंग्ल्यान्डका प्रधानमन्त्री र राज्य सचिवको समर्थन पाएपछि यो कुरालाई रोचक रूपमा लिइएको छ । यद्यपि रोबिन्सनले पनि ९ बर्षे पुरानो ट्वीटको लागि माफी मागिसकेका छन् ।

किशोरावस्थामा उसले गल्ती गरेको भन्दै भारतीय स्पिनर रविचन्द्रन अश्विनले पनि ओली रोबिन्सनको बारेमा आफ्नो राय व्यक्त गरेका थिए।

‘रोबिन्सनको टेस्ट करियरको उत्कृष्ट शुरूआत पछि उनलाई निलम्बन गरेकोमा मलाई दुःख लागेको छ। यो निलम्बनले भविष्यमा यस सामाजिक मिडिया जेनरेशनको लागि कस्तो हो भन्ने कुराको सन्देश दिन्छ,’ अश्विनले भने।

रोबिन्सनले न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्ट खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। न्यूजिल्याण्डविरुद्ध लर्डसमा भएको पहिलो टेष्टमा रबिन्सनले ७ विकेट लिए ।

उनको यो डेब्यू म्याच पनि हो । रोबिनसनले डेब्यूमै पहिलो इनिङ्समा चार र दोस्रो पारीमा तीन विकेट लिए।

Loading...