यी ४ भारतीय युवा क्रिक्रेटर : जो राष्ट्रिय टिमको ओपनर बन्न सक्छन्

काठमाडौं- भारतीय टिम हाल आफ्नो सुनौलो चरणबाट गुज्रिरहेको छ । टिमले हरेक ढाँचामा राम्रो प्रदर्शन गरिरहेको छ । र, विश्व क्रिकेटमा हाल भारतीय टिमको दबदबा छ ।

भारतले आफ्नो घरेलु क्रिकेट संरचना यति सुदृढ बनाएको छ कि कुनै पनि खेलाडी जब अन्तर्राष्ट्रिय तहमा आउँछ निर्भयताकासाथ खेल्छन् । भारतले पछिल्लो समयमा केही उत्कृष्ट बेन्च स्ट्रेन्थ बनाएको छ र टिमसँग भविष्यका लागि धेरै उत्कृष्ट विकल्पहरू छन्।

भारतसँग प्रत्येक ब्याटिङ क्रमका लागि धेरै विकल्पहरू छन् । र, ओपनरका लागि छनोट पनि त्यस्तै छ ।

हाल भारतसँग रोहित शर्मा, शिखर धवन र केएल राहुल छन् भने शुभमन गिल, पृथ्वी शा पनि टेष्टमा आफ्नो स्थान बनाउन खोजिरहेका छन् ।

आगामी केही वर्षमा भारतले भविष्यका लागि तयारी गर्नुपर्नेछ । यसैबीच, आज चार खेलाडीको बारेमा चर्चा गर्दैछौं, जो आगामी दिनमा भारतका लागि ओपनर बन्न सक्छन् :

शुभमन गिल

केही महिनाअघि भारतको लागि टेष्ट ओपनर डेब्यू गर्ने गिलले राम्रो प्रदर्शन गरेका छन्। उनले भविष्यमा राम्रो प्रदर्शन गर्ने संकेत देखाएका छन्।

गिलसँग अहिले कम अनुभव छ। तर, जब उनले ओपनिङ गर्छन् तब खेल प्रदर्शन अझ राम्रो हुनेछ । गिल वानडे खेलमा भारतका लागि उत्कृष्ट ओपनिङ विकल्प हुन सक्छन्।

गिलमा कुनै पनि बलरविरुद्ध आक्रामक रन बनाउने क्षमता छ । उनले ५८ लिस्ट ‘ए’ खेलमा ४५।३५ को औसतमा २ हनार ३१३ रन बनाएका छन्।

ऋषभ पन्त

यस सूचीमा धेरै व्यक्ति विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तको नाम देखेर छक्क पर्न सक्छन्। किनभने पन्तलाई अहिलेसम्म भारतको लागि मध्यक्रममा ब्याटिङ गरेको देख्न पाइन्छ ।

यद्यपि भविष्यमा उनलाई ओपनरको रूपमा ग्रहण गर्न सकिन्छ । किनकि उनीसँग स्कोर गर्ने द्रुत गति छ । र, पन्तले यस सीपलाई पावरप्लेको फाइदा लिन प्रयोग गर्न सक्दछन् । जुन सीमित ओभर खेलहरूमा अत्यन्त महत्त्वपूर्ण छ।

भारतीय टिमका लागि यू-१९ विश्वकपमा पन्तले ओपनिङ गर्दै ६ खेलमा ४४.५ को औसतमा २ सय ५७ रन बनाएका थिए ।

यस अवधिमा उनको स्ट्राइक रेट १०४.२९ थियो । जसले ओपनिङ ब्याट्सम्यानको शैली कस्तो छ भनेर प्रष्ट पार्छ।

पृथ्वी शा

कान्छो उमेरमा धेरै ठूला रेकर्डहरू बनाउने पृथ्वी शाले भविष्यमा सीमित ओभर खेलहरूमा निश्चितरूपमा भारतका अग्रणी ओपनरको भूमिका निभाउन सक्छन् ।

उनको ब्याटिङ गर्ने तरिकाले भारतीय टिमलाई पूर्व ओपनिङ ब्याट्सम्यान वीरेन्द्र सहवागको सम्झना आउँछ।

शाको ठूला इनिङ्समा छिटो खेल्ने खेलमा नक्कल छ । र, उनले यसलाई विभिन्न तहमा आफ्नो प्रदर्शनसँग प्रमाणित गरेका छन् । शाले यो सिजनको विजय हजारे ट्रफी र आईपीएलमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

देवदत्त पाडिक्कल

बायाँ हाते ओपनिङ ब्याट्सम्यान देवदत्त पडिक्कलले पछिल्लो समयमा राम्रो प्रदर्शन गर्दे आएका छन् ।

सोही कारण उनी भविष्यको लागि भारतीय क्रिकेट टिममा ओपनिङ ब्याट्सम्यानको रूपमा स्थान बनाउन सक्छन् ।

पाडिक्कलले २० लिस्ट ‘ए’मा घरेलु क्रिकेटमा ८६.६८ खेलमा १ हजार ३८७ रन बनाएका छन् । टी–२० मा पनि उनको आँकडा उत्कृष्ट छ ।

उनले ३९ खेलमा १४६.७७ स्ट्राइक रेटमा १ हजार ४६६ रन बनाएका छन् । धवनपछि पाडिक्कालले भारतका लागि प्रमुख ओपनरको जिम्मेवारी पाउन सक्छन् ।

उनले आईपीएलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आरसीबीबाट आईपीएल खेल्ने पाडिक्कलले यो सिजनमा एक शतकसमेत बनाइसेका छन् ।

गत वर्षको आईपीएलमा उनी आरसीबीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए ।

Loading...