द. अफ्रिकाका यी बलर : जो धोनीको ब्याटिङ क्षमतामाथि शंका गर्थे

काठमाडौं : भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कीर्तिमान बनाए । उनले कप्तानी, विकेटकीपिङ र ब्याटिङमार्फत आफ्नो शक्ति प्रदर्शन गरे।

धोनीले आफ्नो शानदार ब्याटिङका साथ धेरै खेलमा भारतीय टीमको जीतका लागि नेतृत्व गरे। दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले भने धोनीको क्षमतामाथि शंका गर्थे । धोनीले भारतीय टीमलाई दुई पटक विश्व कपको उपाधि जिताए ।

नोर्टजेले भने, ‘२०१० च्याम्पियन्स लिग प्रतियोगिताको क्रममा मैले महेन्द्रसिंह धोनी ब्याटिङ गर्न जान्दैनन् भन्ने महसुस गरे। त्यस समयमा म १६ वर्षको थिए। त्यस समयमा म चेन्नई सुपर किंग्सबाट खेल्थे।’

नोर्टजे हाल दिल्ली क्यापिटलबाट आईपीएल खेल्दै आएका छन्। उनले युट्यूब च्यानलमा भने, ‘म यति ठूलो होइन कि म कसैसँग डराउँदिन। मलाई याद छ मैले नेटमा धोनीको खेल हेरेको थिए। उनले इमान्दारका साथ ब्याटिङ गर्दै गरेको जस्तो लाग्यो।’

‘धोनीले धेरै बलमा राम्रोसँग आफ्नो खुट्टा प्रयोग गरेनन् । त्यसपछि मलाई लाग्योकी धोनीलाई ब्याटिङ गर्न आउँदैन्,’ उनले भने।

धोनीको टिमले प्रतियोगिता जित्यो

२०१० मा महेन्द्रसिंहको नेतृत्वमा सीएसकेले च्याम्पियन्स लिग ट्रफी कब्जा गर्‍यो। सीएसकेले फाइनलमा दक्षिण अफ्रिकाको टीम वारियर्सलाई ८ विकेटले पराजित गरेको थियो।

४ वर्षपछि सीएसके दोस्रो पटक च्याम्पियन भयो। फाइनलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै दोस्रो च्याम्पियन लिग टी-२० खेल जित्यो।

नोर्टजेले दिल्लीलाई फाइनलमा पुर्‍याए

नोर्टजेले आईपीएल २०१३ मा दिल्लीलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।गत सिजनमा उनले २२ विकेट लिए ।

यद्यपि, नोर्टजेले आईपीएल २०१४ मा २९ म्याच सकिँदा पनि एक म्याचमा पनि प्लेइङ ११ मा मौका पाएका छैनन् ।

Loading...