यी ११ चर्चित क्रिकेटर : जो द. अफ्रिकामा जन्मिएर अन्य देशका लागि खेले

काठमाडौं– विश्व क्रिकेटमा एक देशमा जन्मेर अर्को देशका लागि खेल्ने थुप्रै खेलाडी छन् ।

यो सूचीमा भारत, दक्षिण अफ्रिका, पाकिस्तान, न्यूजिल्याण्ड, वेष्ट इण्डिजलगायतका देश शीर्ष स्थानमा आउँछन् ।

भारतीय मूलका थुप्रै खेलाडी विभिन्न देशबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । पाकिस्तान, वेष्ट इण्डिज, न्यूजिल्याण्ड, दक्षिण अफ्रिकाका कयौँ खेलाडी पनि अर्को देशबाट क्रिकेट खेलिरहेका छन् ।

यसैबीच, आज दक्षिण अफ्रिमा जन्मिएका तर अर्को देशबाट क्रिकेट खेल्ने ११ चर्चित क्रिकेटरको चर्चा गर्दैछौँ :

एन्ड्रयू स्ट्रास

एन्ड्रयू स्ट्रास दक्षिण अफ्रिकामा जम्मिएका हुन् । तर, उनले इंग्ल्याण्डका क्रिकेट खेले । उनले इंग्ल्याण्डका लागि १ सय टेष्ट, १२७ वानडे र चार टी-२० म्याच खेलेका छन् ।

जेसन रोय : जेसन रोय पनि दक्षिण अफ्रिकामा जन्मिए पनि क्रिकेट इंग्ल्याण्डका लागि खेले । उनले हालसम्म इंग्ल्याण्डका लागि ९६ वानडे, ४३ टी-२० र पाँच टेष्ट म्याच खेलिसकेका छन् ।

केभिन पीटरसन : इंग्ल्याण्ड टिमका पूर्वकप्तान केभिन पीटरसन पनि द. अफ्रिकी मूलका खेलाडी हुन् । उनले इंग्ल्याण्डका लागि १३६ वानडे, १०४ टेष्ट र ३७ टी-२० म्याच खेले ।

बिजे वाटलिङ : न्यूजिल्याण्डका विकेटकीपर/ब्याट्सम्यान बिजे वाटलिङ पनि दक्षिण अफ्रिकी मूलका हुन् । उनले न्यूजिल्याण्डका लागि ७३ टेष्ट, २८ वानडे र ५ टी-२० म्याच खेलेका छन् ।

मार्नस लाबुसेन : अष्ट्रेलिया टेष्ट टिमका महत्वपूर्ण सदस्य मार्नस लाबुेसन पनि दक्षिण अफ्रिका मूलका खेलाडी हुन् । द. अफ्रिका जन्मिए पनि उनले अष्ट्रेलियाका लागि १९ टेष्ट र १३ वानडे म्याच खेलिसकेका छन् ।

डेभन कन्वे : न्यूजिल्याण्ड टिमका महत्वपूर्ण सदस्य डेभन कन्वेको जन्म पनि द. अफ्रिकामै भएको हो । तर, उनले न्यूजिल्याण्डका लागि क्रिकेट खेलिरहेका छन् ।

कन्वेले न्यूजिल्याण्डका लागि १४ टी-२०, तीन वानडे र एक टेष्ट म्याच खेलिसकेका छन् । उनी अहिले न्यूजिल्याण्ड टिमका महत्वपूर्ण सदस्यमध्ये एक हुन् ।

फाइल तस्बिर

टम करन : टम करन पनि दक्षिण अफ्रिकामा जन्मिएका खेलाडी हुन् । जन्म द. अफ्रिका भए पनि उनले २८ टी-२०, २६ वानडे र दुई टेष्ट म्याच खेलेका छन् ।

उनका भाई साम करन भने इंग्ल्याण्डमै जन्मिएका हुन् ।

ग्लेन फिलिप्स : न्यूजिल्याण्डकी विकेटकीपर/ब्याट्सम्यान ग्लेन फिलिप्स पनि द. अफ्रिकी मूलका नागरिक हुन् । तर, उनले न्यूजिल्याण्डका लागि क्रिकेट खेलिहरेका छन् ।

फिलिप्सले हालसम्म न्यूजिल्याण्डका लागि २५ टी-२० र एक टेष्ट म्याच खेलिसकेका छन् ।

जोनाथन ट्रोट : जोनाथन ट्रोट पनि दक्षिण अफ्रिका मूलका हुन् । तर, उनले इंग्ल्याण्डका लागि ६८ वानडे, ५२ टेष्ट र सात टी-२० म्याच खेले ।

जेन डेर्नबाक : जेन डेर्नबाक पनि द. अफ्रिका मूलका क्रिकेटर हुन् । जन्म द. अफ्रिकामा भए पनि उनले इंग्ल्याण्डका लागि ३४ टी-२० र २४ वानडे म्याच खेलिसकेका छन् ।

निल वाग्नर : न्यूजिल्याण्ड टिमका महत्वपूर्ण बलर निल वाग्नर पनि दक्षिण अफ्रिकामा जन्मिएका हुन् । तर, उनले क्रिकेट भने न्यूजिल्याण्डका लागि खेले ।

वाग्नरले हालसम्म न्यूजिल्याण्डका लागि ५१ टेष्ट म्याच खेलिसकेका छन् ।

Loading...