च्याम्पियनशिप फाइनल : अम्पायर र रेफ्रीको घोषणा, को-कोले पाए मौका?

काठमाडौं- भारत र न्यूजिल्याण्डबीच आईसीसी वर्लड टेष्ट च्याम्पियनशिप फाइनलका लागि म्याच अफिसर्सको घोषणा गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले रिचर्ड इलिङवर्थ र माइकल गुफको नाम घोषणा गरेको हो।

जुन १८ देखि भारत र न्यूजिल्यान्डबीच च्याम्पियनसिप फाइनल हुँदैछ। दुवै अम्पायर आईसीसी एलिट प्यानलको हिस्सा हुन् ।

आईसीसीले रिचर्ड केटलबरोलाई टिभी र तेस्रो अम्पायरको रूपमा चयन गरेको छ । यसका साथै एलेक्स वार्फको नाम आईसीसी अन्तर्राष्ट्रिय प्यानलबाट चौथो अम्पायरको रूपमा चयन गरिएको छ।

टेस्ट च्याम्पियनशिपको फाइनल खेलका लागि म्याच अफिसरहरूको छनोटपछि आईसीसीका वरिष्ठ प्रबन्धक एड्रियन ग्रिफिटले भने, ‘हामी विश्व टेष्ट च्याम्पियनसिपका लागि म्याच अफिसरहरूको अनुभवी टीम स्थापना गरेको घोषणा गर्न पाउँदा खुसी छौँ । अन्तिम छनौट गरिएको छ । समय कोरोना महामारीको कारणले सही छैन । तर, हामी अनुभवी र उत्कृष्ट अधिकारीहरूको रूपमा धेरै अम्पायर र म्याच रेफ्री पाउँदा भाग्यशाली छौं । जसले विगत धेरै वर्षदेखि निरन्तर काम गरिरहेका छन्। हामी उनीहरूलाई आगामी खेलको लागि शुभकामना दिन्छौं ।’

डब्ल्यूटीसी फाइनलका लागि मैदानमा रहेका रिचर्ड इलिङवर्थले ७४ खेलमा र माइकल गफले २७ खेलमा अम्पायरको जिम्मेवारी लिइसकेका छन् ।

टिभी अम्पायरका रूपमा नियुक्त किटलबर्गले ९४ खेलमा काम गरेका थिए । जसमध्ये उनले ६९ पटक मैदानमा २५ पटक अम्पाएरका रूपमा काम गरिसकेका छन् ।

म्याच रेफ्रीका रूपमा चयन भएका क्रिस ब्रडले आफ्नो क्यारियरमा १०७ खेलमा रेफ्रीको रूपमा काम गरेका छन् । यसबाहेक चौथो अम्पायरको लागि छनौट भएका एलेक्स वार्फले ७ खेलमा अम्पायरका रूपमा काम गरिसकेका छन् ।

Loading...