यी चार क्रिक्रेटर : जो स्टाटसका कारण समस्यामा परे

काठमाडौं : कुनै पनि क्रिकेटरको लागि उसको खेलभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। प्रत्येक खेलाडी क्रिकेटको हरेक ढाँचामा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्।

क्रिकेट प्रशंसकहरूले उनलाई सम्मान गर्न सकुन् र अन्य क्रिकेटरहरूले उनलाई प्रेरणाको स्रोतको रूपमा मान्दछन्।

प्रायः क्रिकेट खेलाडी सामाजिक सञ्जालमा आफ्ना क्रिकेट गतिविधिका बारेमा प्रशंसकहरूलाई जानकारी दिन्छन्। कहिलेकाँही यो सोशल मिडिया पनि खेलाडीहरूको लागि समस्याको स्रोत बन्छ।

केही दिनअघि मात्र इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन धेरै वर्षअघिको ट्वीटले निलम्बितको बाटो देखायो । रंगभेद र लैंगिक विभेद हुने किसिमको स्टाटस लेखेका कारण उनलाई ईसीबीले अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको हो । निलम्बनको समयअवधि भने खुलाइएको छैन ।

रोबिन्सनको ट्वीट पुरानो भए पनि त्यो ट्वीट उनले इंग्ल्यान्डबाट डेब्यू गरेपछि भाइरल भयो । रोबिनसनले एक शानदार टेष्ट डेब्यू गरेका थिए।

उनले डेब्यू म्याचमै ७ विकेट लिए । ब्याटिङबाट पनि उनले ४२ रनको पारी खेले । यसैबीच, आज हामी सामाजिक सञ्जालमा गरेको गतिविधिका कारण समस्यामा परेका क्रिक्रेटरको चर्चा गर्दैछौं-

सूर्यकुमार यादव

भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले पनि सामाजिक सञ्जालका कारण तनाव झेलिसकेका छन् । सन् २०१७ मा उनी एक ट्वीट री–ट्वीट गर्दा समस्यामा परेका थिए।

मुम्बईका लागि मध्यक्रममा ब्याटिङ गर्ने यादवलाई स्पष्टीकरणको लागि आग्रह गरिएको थियो । जब मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) ले एक अन्तर-राज्य टी–२० टूर्नामेन्टका लागि मुम्बई टिमबाट बहिष्कार गरेको पोष्ट फिर्ता गरेको थियो ।

सन् २०१६ मा सूर्यकुमारलाई एउटा चेतावनी दिइएको थियो । उनले रणजी ट्राफीको सेमिफाइनलमा जय बिष्टलाई पदबाट हटाएकोमा चिन्ता व्यक्त गरेका थिए । सोही कारण यादवलाई समस्या परेको थियो ।

रोरी बर्न्स

भारतको अहमदाबादमा भएको टेष्ट क्रिकेटमा इंग्ल्याण्ड टिमका ओपनर रोरी बर्न्सलाई समस्या परेको थियो । भारतीय टिमसँग पराजित भएपछि इंग्ल्याण्ड टिमलाई महिला इंग्ल्यान्ड टिमकी खेलाडी एलेक्स हार्टले एउटा ट्वीट गरिन् ।

हार्टको ट्वीटको जवाफमा बर्न्सले विवादास्पद टिप्पणी गरे । यद्यपि उनले केही समयपछि आफ्नो ट्वीट हटाए । तर, हार्टले पोडकास्टमा आफ्नो ट्वीटप्रति रोष प्रकट गरेकी थिइने । विवादास्पद कमेन्टले बर्न्सलाई केही समय तनाव दिएको थियो ।

केविन पीटरसन

सामाजिक सञ्जालका कारण समस्यामा पर्नेमा इंग्ल्याण्ड टिमका पूर्वकप्तान केविन पीटरसन पनि अछुतो रहन सकेनन् ।

सन् २०१० मा उनले पाकिस्तानविरुद्ध इंग्ल्याण्ड टिममा स्थान नपाएकोमा गुनासो व्यक्त गरेका थिए ।

पीटरसले आफ्नो ट्वीटमा क्रिकेट बोर्डप्रति अभद्र भाषा प्रयोग गरेका थिए । सो ट्वीटका कारण पीटरसनलाई बोडले स्पपष्टीकरण पनि मागेको बताइएको छ ।

इंग्ल्यान्ड बोर्ड पीटरसनलाई पाकिस्तानविरुद्ध टी–२० र एकदिवसीय श्रृंखलाको लागि टिममा समावेश गरेको थिएन । जसकारण उनले ट्वीटरमा बोर्डप्रति लक्षित गर्दै कडा ट्वीट गरे । यद्यपि, पछि उनले बोर्डसँग माफी मागेका थिए ।

जोन मूनी

आयरल्यान्डका अलराउन्डर जोन मूनी पनि सामाजिक सञ्जालमा पोष्ट गरेका स्टाटसका कारण समस्यामा परेका छन् ।

सन् २०१३ मा बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थैचरको मृत्युपछि मूनीले सामाजिक सञ्जालमा विवादस्पद स्टाटस पोष्ट गरेका थिए ।

गलत हर्कतकारण उनलाई तीन खेलका लागि निलम्बन गरिएको थियो। मूनीले पछि माफीसमेत मागेका थिए ।

Loading...