द. अफ्रिकासँग सिरिज खेल्न वेष्ट इण्डिजको टोली घोषणा, साढे २ वर्षपछि टिममा फर्किए पावेल

काठमाडौं- क्रिक्रेट वेष्ट इण्डिजले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टका लागि टोली घोषणा गरेको छ । वेष्ट इण्डिजले क्रेग ब्रार्थवेटको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा पहिलो पटक १९ वर्षीय तीव्र गतिका बलर जाडेन सील्सले स्थान बनाएका छन् । टिमका मुख्य चयनकर्ता रोजर हार्परले जाडेनको क्षमताको प्रशंसा गरे ‘जाडेनमा तीव्र गतिमा बलिङ गरेर बोल्ड गर्न सक्ने क्षमता छ,’ उनले भने।

फाइल तस्बिर

शीर्ष अर्डरका ब्याट्सम्यान शाई होप र अनुभवी बायाँ हाते ओपनर किरण पावेल पनि टिममा समावेश भएका छन्।

होपले अन्तिम पटक इंग्ल्यान्डमा गत वर्ष जुलाईमा टेष्ट क्रिकेट खेलेका थिए । पोवेलले अन्तिम टेष्ट बंगलादेशविरुद्ध सन् २०१८ को डिसेम्भरमा खेलेका थिए।

पोवेलको बारेमा, हार्परले भने, ‘पावेल एकदम सक्षम ब्याट्सम्यान हो । जसबाट हामी ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ । श्रीलंकाविरुद्धको वानडे श्रृंखलामा उनले राम्रो प्रदर्शन गरेकोले टोलीमा समेटिएको हो ।’

वेष्ट इण्डिजको लक्ष्य अन्तिम दुई टेष्ट श्रृंखला आफ्नो पक्षमा पार्ने रहेको बोर्डले जनाएको छ । १० जूनदेखि वेष्ट इण्डिजले दक्षिण अफ्रिकाविरुद्ध टेष्ट सिरीज खेल्ने छ ।

टेष्ट खेल्ने वेष्ट इण्डिजको टिम : क्रेग ब्रार्थवेट (कप्तान), जेर्मेन ब्ल्याकवुड, एनक्रुमा बोनर, रोस्टन चेस, रहकिम कोर्नवाल, जोशुआ डा सिल्भा, जेसन होल्डर, शाई होप, अल्जारी जोसेफ, काइल मायर्स, किरण पावेल, केमार रोच र जाडेन सील्स ।

Loading...