सुन्दरताका कारण सधैँ चर्चामा रहने ७ महिला क्रिकेटर

काठमाडौं : क्रिकेटमा अनुहारभन्दा पनि प्रदर्शनको अर्थ रहन्छ । यद्यपि कुनै बेला भने सुन्दरताको पनि व्यापक चर्चा हुन्छ ।

यसैबीच, आज विश्व क्रिकेटमा आफ्नो सुन्दर अनुहारका कारण पनि चर्चामा रहने सात महिला क्रिकेटरको बारेमा चर्चा गर्दैछौँ :

१. एलिस प्यरी : अष्ट्रेलियन यी स्टार क्रिकेटर आफ्नो खेलबाट मात्रै होइन रूपबाट पनि सबैलाई प्रभावित पार्छिन् । उनी कुनै चलचित्रकी अभिनेत्रीभन्दा कम छैनन् ।

३० वर्षीया प्यरीले अष्ट्रेलियाका लागि १२० टी-२०, ११२ वानडे र ८ टेष्ट म्याच खेलेकी छन् । उनी अलराउन्डर खेलाडी हुन् ।

२. सना मीर : १९८६ मा जन्मिएकी पाकिस्तानकी सना विश्व महिला क्रिकेटमा सुन्दर खेलाडीका रूपमा चिनिन्छिन् । उनले पाकिस्तानका लागि १२० वानडे र १०६ टी-२० म्याच खेलिसकेकी छन् ।

३. स्मृति बन्धना : भारतीय महिला टिमकी महत्वपूर्ण सदस्य बन्धाना पनि आफ्नो सुन्दर अनुहारले चर्चामा हुन्छिन् । उनले भारतका लागि ७५ टी-२०, ५१ वानडे र २ टेष्ट म्याच खेलेकी छन् । उनी ओपनिङ ब्याट्सम्यान हुन् ।

४. बिस्मा मरुफ : पाकिस्तान क्रिकेट टिमकी कप्तान बिस्मा पनि सुन्दर क्रिकेटरमा चिनिन्छिन् । २९ वर्षीया बिस्माले पाकिस्तानका लागि १०८ वानडे र १०८ नै टी-२० म्याच खेलिसकेकी छन् ।

५. इश्सबेल जोइसी : ३७ वर्षीया इश्सबेल सुन्दर क्रिकेटरमध्ये एक हुन् । उनले आयरल्याण्डका लागि ७९ वानडे, ५५ टी-२० र १ टेष्ट म्याच खेलेकी छन् । उनी पनि अलराउन्डर हुन् ।

६. होली फेर्लिङ : अष्ट्रेलियाकी होली पनि सुन्दर क्रिकेटरमध्ये एक हुन् । २४ वर्षीय यी बलरले अहिलेसम्म अष्ट्रेलियाका लागि २२ वानडे, ९ टी-२० र ३ टेष्ट म्याच खेलेकी छन् ।

७. सारा टेलर : सारा इंग्लिश क्रिकेटर हुन् । उनी पनि सुन्दर खेलाडीको रूपमा चिनिन्छिन् । ३१ वर्षीया साराले हालसम्म इंग्ल्याण्डका लागि १२६ वानडे, ९० टी-२० र १० टेष्ट म्याच खेलेकी छन् ।

Loading...