द. अफ्रिकाका चर्चित बलर : जो पाकिस्तानबाट खेल्न नपाएकोमा निराश छन्

काठमाडौं : इमरान ताहिर दक्षिण अफ्रिकाका चर्चित स्पिनर हुन् । ताहिरको जन्म पाकिस्तानमा भएको हो। तर, उनले अन्तर्राष्ट्रिय क्रिक्रेट भने दक्षिण अफ्रिकाबाट खेले।

व्यक्तिगत कारण देखाउँदै पाकिस्तानबाट यूके गएका ताहिर त्यसपछि दक्षिण अफ्रिका गएका थिए। उनले फस्ट क्लास टेस्ट पाकिस्तानमै थाई र काउन्टी क्रिकेट मिडिलसेक्स र यार्कशायरबाट खेलेका थिए।

त्यसपछि उनी दक्षिण अफ्रिका गएर अन्तर्राष्ट्रिय खेलको सपना पूरा गरे। ‘क्रिकास्ट’मा कुराकानीको समयमा ताहिरले आफूलाई दक्षिण अफ्रिकाबाट खेल्ने अवसर दिएकोमा दक्षिण अफ्रिका क्रिक्रेट बोर्डप्रति आभार व्यक्त गरे।

उनले पाकिस्तान क्रिकेट टीमबाट आफूले नखेलेको भन्दै निराश भए। ‘एउटा पनि बच्चा नहोला जो पाकिस्तानका लागि क्रिक्रेट नखेल्ने। मैले क्रिक्रेट खेल्न पाकिस्तानमा सिके। मैले इंग्ल्यान्ड र साउथ अफ्रिकासमेत गरि थुप्रै देशमा फस्ट क्लासको क्रिक्रेट खेले। तर, पाकिस्तानमा खेल्दा भित्रको डर सबै हरायो।’

इमरान ताहिर परिवारका सबैभन्दा जेठो सदस्य हुन्। उनले युवा अवस्थाबाटै काम गर्न सुरु गरेका थिए। जब उनी ट्रायलमा पाकिस्तानको अन्डर–९ टीममा छनोट भए त्यसपछि उनको भविस्य नै परिवर्तन भयो।

आफ्नो जिवन यात्राको बारेमा कुरा गर्दै ताहिरले भने, ‘मेरा वुबाले धेरै पढ्न-लेख्नु भएको थियो। त्यस समयमा  पढ्नु भनेको मेरो मनको चिन्ता थिएन।’

अन्डर–१९ को ट्रायलका लागि जाँदा छनोटकर्ताले आफूलाई आफ्नो पारिवारीक पृष्ठभूमिको बारेमा केही नसोधेको उनी बताउँछन्। त्यसपछि जीवनको शुरुवात गरेको बताउँदै उनले भने त्यसपछि मलाई लाग्यो म प्रोफेशनल खेल खेल्न सक्छु।

Loading...