टेष्ट क्रिकेटका यी १० कीर्तिमान : जसलाई भंग गर्न मुश्किल

काठमाडौं : क्रिकेटमा थुप्रै रेकर्ड बन्छन्। ति रेकर्ड तोडिन्छन् र फेरि नयाँ रेकर्ड बन्छन्। तर केही रेकर्डहरू अचम्मका छन्। जसलाई तोड्न असम्भव छ। विश्व क्रिकेटमा यस्तै धेरै रेकर्डहरू बनिएका छन जुन लामो समय पछि तोडिएका छन्।

तर, केही रेकर्डहरू छन् जुन अहिलेसम्म टुटेका छैनन् । र, ती रेकडलाई तोड्न पनि गाह्रो छ। यसै सन्दर्भमा आज हामी टेष्ट क्रिकेटका १० रेकर्डको चर्चा गर्दैछौँ :

जिम लेकरको एक खेलमा १९ विकेट

इंग्ल्यान्डका बलर जिम लेकरले १९५६ मा अष्ट्रेलियाविरुद्ध चमत्कार गरेका थिए। टेस्ट म्याचमा उनले १९ विकेट लिएका थिए। उनले एक इनिङमा ९ विकेट लिए भने दोस्रो इनिङमा १० विकेट लिए। उनको यो रेकर्ड तोड्न गाह्रो छ।

कप्तानको रूपमा लगातार १५९ खेल

इंग्ल्यान्डका पूर्वकप्तान कप्तान एलिस्टर कुकले आफ्नो टेस्ट क्यारियरमा अचम्मको रेकर्ड बनाएका छन्। जसलाई तोड्न गाह्रो छ।

कुकले सन् २००६ देखि सेप्टेम्बर २०१८ सम्म लगातार १५९ म्याच खेलेका थिए। त्यो समयमा कुकले एउटा पनि टेस्ट मैच पनि गुमाएनन्।

कूकले लगातार १५९ टेस्ट खेल खेल्ने बनाएको यो रेकर्ड अचम्मको छ। जुन आजका क्रिकेटरहरू तोड्न सक्दैनन्।

अष्ट्रेलियाका नाथन लियोनले लगातार ७८ टेस्ट खेल खेलेका छन् । तर, कुकको रेकर्डलाई तोड्न मुस्किल छ। कुकले आफ्नो टेस्ट करियरमा कुल १६१ टेस्ट खेल खेले।

कप्तानको रूपमा ग्रीम स्मिथको १०९ टेस्ट म्याच

दक्षिण अफ्रिकाका कप्तान ग्रीम स्मिथले कप्तानको रूपमा टेस्टमा जम्मा १०९ खेल खेलेका छन्। जसमा उनले आफ्नो टोलीलाई ५३ खेलमा जित दिलाए। यसबाहेक दक्षिण अफ्रिकाले २९ खेलमा पराजित हुनुपर्‍यो ।

स्मिथले कप्तानको रूपमा १०९ खेल खेल्ने रेकर्ड वर्तमान क्रिकेटरले तोड्न गाह्रो छ। भारतीय विराट कोहलीले हालसम्म ६० टेस्ट म्याचमा भारतको कप्तान बनाइसकेका छन। स्मिथको रेकर्ड तोड्न कोहलीले ५० भन्दा बढी टेस्ट खेलमा कप्तानी गर्न जरूरी छ।

मुथैया मुरलीधरनको ८०० टेस्ट विकेट

मुथैया मुरलीधरनले ८०० विकेट लिएका छन्। उनकोे यो रेकर्ड तोड्न गाह्रो छ। मुरलीधरनको टेस्ट करियर १९ वर्ष रह्यो।

यस अवधिमा श्रीलंकाका स्पिनर मुरलीधरन ले टेस्टमा ८०० विकेट लिएका छन्। उनले आफ्नो करियरको वानडेमा ५३४ विकेट लिएका छन्।

मुरलीधरनले १३२ औं टेस्ट म्याचमा ८०० विकेट पूरा गरे। मुरलीधरनले टेस्ट खेलमा २२ चोटि १० विकेट लिने कीर्तिमान बनाए।

उनी ६७ पटक ५ विकेट लिन सफल भए। हाल जेम्स एन्डरसनले टेस्टमा ६१६ विकेट लिएका छन्। तर, मुरलीधरनको रेकर्ड तोड्न उनी सक्दैनन्।

टेस्टमा उच्चतम टीम स्कोर

श्रीलंकाले १९९७ मा मा भारतविरुद्ध कोलम्बो टेस्ट खेलमा ९५२ रन बनायो। सनथ जयसूर्याले त्यो टेस्ट खेलमा ३४० रन बनाए।

श्रीलंकाले २७१ ओभर ब्याटिङ गरेपछि ९५२ रन बनाए। यो टेस्ट क्रिकेटमा सर्वाधिक रन हो। श्रीलंकाले बनाएको यो रेकर्ड पनि तोड्न गाह्रो छ।

महेला जयवर्धने र कुमार संगकाराको साझेदारी

सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध कोलम्बो टेस्ट खेलमा श्रीलंकाले पहिलो इनिङमा माहेला जयवर्धने र कुमार संगकाराले तेस्रो विकेटको लागि ६२४ रनको साझेदारी बनाए।

यो टेस्ट क्रिकेटमा कुनै पनि विकेटको लागि उच्च साझेदारीको कीर्तिमान हो। आजको समयमा जयवर्धने र संगकाराले बनाएको यो रेकर्ड तोड्न गाह्रो छ।

मार्क बाउचरको रेकर्ड

दक्षिण अफ्रिकाका पूर्वविकेटकीपर मार्क बाउचरले विकेटकीपरको रूपमा आफ्नो टेस्ट करियरमा ५५४ विकेट लिएका थिए। जसमा ५३२ क्याच र २३ स्टम्पिङ थिए।

बाउचरको यो रेकर्ड पनि तोड्न गाह्रो छ। दक्षिण अफ्रिकी विकेटकीपरले १४७ टेस्ट खेलमा यो कीर्तिमान बनाए।

राहुल द्रविडको २१० क्याच

राहुल द्रविडले आफ्नो टेस्ट क्यारियरमा २१० क्याच लिएका छन्। टेस्टमा उनीभन्दा बढी कसैले पनि क्याच लिएनन्।

हालको क्रिकेटरमा रस टेलरले फिल्डरको रूपमा टेस्टमा जम्मा १५६ क्याच लिएका छन्।

द्रविडको यो रेकर्ड तोड्ने सम्भावना धेरै कम छ। राहुलले आफ्नो टेस्ट करियरमा १६४ खेल खेलेका छन्।

रिकी पोन्टिङको रेकर्ड

अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले १६८ टेस्ट खेल खेलेका छन्। उनले आफ्नो टेस्ट करियरमा खेलेका १०८ खेलमा उनको टोलीले जित्यो।

अहिलेसम्म कुनै पनि खेलाडीले उनीभन्दा बढी टेस्ट खेल जितेको छैन। दोस्रो नम्बरमा शेन वार्न छन्। वार्नले आफ्नो टेस्ट करियरमा ९२ खेल जितेका थिए।

सचिन तेन्दुलकरको २०० टेस्ट खेल

चर्चित ब्याट्सम्यान सचिन तेन्दुलकरले आफ्नो टेस्ट करियरमा २ सय खेलहरू खेलेका छन्। सचिनले बनाएको टेस्टमा यो कीर्तिमान तोड्नु सम्भव छैन।

तेन्दुलकरले १९८९ देखि २०१३ सम्म आफ्नो करियरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१३ मा उनले क्रिकेटबाट संन्यास लिए ।

Loading...