यी चार चर्चित टेष्ट कप्तान : जो कहिल्यै वरियताको शीर्ष स्थानमा उक्लेनन्

काठमाडौं : तीनै प्रारूपको क्रिक्रेट खेल्ने खेलाडी एक दिन नम्बर एक ब्याट्सम्यान बन्न चाहन्छ।

क्रिकेट वरियतामा नम्बर एक बन्नका लागि खेलाडी दिनरात कडा परिश्रम गर्छन्। विशेष गरी टेस्ट क्रिकेटमा नम्बर एक स्थान पाउनु गाह्रो काम हो।

टेस्ट क्रिकेटमा रन बनाउन धेरै धैर्यता चाहिन्छ र धैर्यतासहित खेल्नु पनि पर्छ । यद्यपि, यहाँ धेरै खेलाडीहरू छन् जसले यो स्थान हासिल गरेका छन् । र, टेस्टमा नम्बर एक क्रिक्रेटर बनेका छन्। जब खेलाडी कप्तान हुन्छ । ऊ पक्कै वरियताको शीर्ष स्थानमा पुग्न चाहन्छ ।

यसमा धेरै कप्तान सफल छन् । र, धेरै असफल छन्। आज हामी त्यस्ता विश्वका चार चर्चित क्रिकेट कप्तानको बारेमा चर्चा गर्दैछौँ, जसले टेस्ट क्रिकेटमा जबरजस्त ब्याटिङ गरे पनि एक नम्बर वरियतामा पर्न सकेनन्-

फाफ डु प्लेसिस

दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले सन् २०१२ मा टेस्टमा डेब्यू गरे। उनले आफ्नो करियरमा अहिलेसम्म ६५ टेस्ट खेल खेलेका छन् । र, ३९०१ रन बनाए।

उनले यस अवधिमा ९ शतक र २१ अर्धशतक बनाए। उत्कृष्ट ब्याट्सम्यान भए पनि प्लेसिसले करियरमा आफ्नो नाम कहिल्यै शीर्ष वरियतामा राख्न सकेका छैनन्।

ब्रेण्डन म्याक्लम

न्यूजिल्याण्ड टिमका पूर्वकप्तान ब्रेण्डन म्याक्लम पनि उत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन् । उनी टेष्ट क्रिकेट र वानडे खेल खेल्थे। टेष्टमा उनको नाममा ‘ट्रिपल’ शतक पनि छ। तर, उनी टेष्ट वरियताको शीर्ष स्थानमा भने कहिल्यै पुग्न सकेनन् ।

म्याक्लमले आफ्नो करियरमा १०१ टेष्ट म्याच खेले । जसमा उनले ६ हजार ४५३ रन बनाए । टेष्टमा म्याक्लमले १२ शतक र ३१ अर्धशतक बनाएका छन् । उनले आफ्नो करियरमा ४ दोहोरो शतक बनाए ।

केविन पीटरसन

इंग्ल्याण्ड टिमका पूर्वकप्तान केविन पीटरसनले सन् २००५ मा एशेज सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले आफ्नो करियरमा १०४ टेष्ट खेलको १८१ इनिङ्समा ४७.३ को औसतमा ८१८१ रन बनाए ।

पीटरसले आफ्नो टेष्ट करियरमा २३ शतक र ३५ अर्धशतक लगाए । टेष्टमा उनको उच्च स्कोर २२७ रन हो ।

उत्कृष्ट टेष्ट करियरका बाबजुद पनि पीटरसन पनि वरियताको शीर्ष स्थानमा उक्लिन सकेनन् । टेष्टमा उनको उत्कृष्ट वरियता तेस्रो स्थान हो ।

ग्रीम स्मिथ

९ हजारभन्दा बढी रन, २७ शतक र ५ दोहोरो शतकका बाबजुद दक्षिण अफ्रिकाका पूर्वकप्तान ग्रीम स्मिथले आफ्नो टेष्ट करियरमा एक नम्बर वरियता कहिल्यै हासिल गर्न सकेनन् । कप्तानको रूपमा जितेको खेलमा उनले सर्वाधिक १५ शतक बनाए।

यस बाहेक उनले कप्तानको रूपमा सबैभन्दा बढी ८६५९ रन बनाए । उनको करियरको उच्च वरियता नम्बर २ थियो । जुन उनले सन् २०१० मा प्राप्त गरे। त्यस समयमा गौतम गम्भीर शीर्ष स्थानमा थिए।

Loading...