नयाँ वरियतामा नेदरल्याण्ड्सलाई फाइदा, यस्तो छ नेपालको स्थान

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ । नयाँ वरियताअनुसार नेदरल्याण्ड्स टिमले एक स्थान सुधार गरेको छ ।

नेदरल्याण्ड्स टिम १२ बाट ११ औँ स्थानमा उक्लिएको छ ।

हालै आयरल्याण्डसँगको एकदिवसीय सिरिज जितेसँगै नेदरल्याण्ड्सले वरियतामा पनि सुधार गरेको हो ।

११औँ स्थानमा रहेको आयरल्याण्ड भने १२औँ स्थानमा खस्किएको छ । नेपाल भने १६औँ स्थानमा यथावथ छ । नेपालले २०२० देखि एकदिवसीय म्याच खेल्न पाएको छैन ।

तस्बिर : कान्तिपुर

नयाँ वरियतामा पनि शीर्ष स्थानमा न्यूजिल्याण्ड छ ।

त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेष्ट इण्डिज, श्रीलंका र अफगानिस्तान छन् ।

टी-२० वरियतातर्फ नेपाल १३औँ स्थानमा यथावत छ । टी-२० मा इंग्ल्याण्डको टिम शीर्ष स्थानमा छ ।

दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा पाकिस्तान र पाँचौ स्थानमा अष्ट्रेलियाको टिम छ ।

Loading...