PSL : राशिदको अलराउन्ड प्रदर्शनमा लाहोरको रोमाञ्चक जित

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत इश्लामाबाद युनाइटेडविरुद्ध लाहोर कलन्दर्स ५ विकेटले विजयी भएको छ ।

इश्लामाबादले दिएको १ सय ४४ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि राशिद खानले म्याच जिताउने पारी खेले । उनले ५ बलमा तीन लगातार चौकासहित अविजित १५ रन बनाए ।

लाहोरलाई अन्तिम ओभरमा ६ बलमा १६ रनको आवश्यकता थियो ।

राशिदले यो ओभरमा लगातार तीन बलमा तीन चौका हिर्काए । उनले यही ओभरमा कूल १३ रन जोडे । त्यस्तै, यही ओभरमा टिम डेविडले पनि दुई रन बनाए ।

उनले म्याच अवधिभर भने १५ बलमा २३ रन जोडे ।

त्यस्तै, लाहोरको जितमा कप्तान सोहेल अख्तरले ४०, मोहम्मद अफीजले २९ र बेन डंकले १७ रन बनाए ।

बलिङमा हसन अलीले दुई, फवाद अहमद, सादव खान र फही अस्ररफले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इश्लामाबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाए ।

उसका लागि फहीम अस्ररफले २७, उश्मान ख्वाजाले १८, हसन अलीले १४, कोलिन मुनरोले ११ र मोहम्मद वसीमले अविजित १० रन बनाए ।

बलिङमा राशिद खानले ४ ओभरमा ९ रन दिएर एक विकेट लिए ।

त्यस्तै, जेम्स फलक्नरले चार ओभरमा ३२ रन खर्चदै तीन विकेट हात पारे । अहमद डानियल, हरिस रौफले दुई/दुई र शाहीनसाह अफ्रिदीले एक विकेट लिन सफल भए ।

Loading...