गावस्करले बताए आफ्नो पालाका दुई उत्कृष्ट क्रिकेटरको नाम

काठमाडौं : सुनील गावस्कर चर्चित क्रिकेटर मध्येका एक हुन्। उनले कडा पिचमा हेलमेटबिना क्रिकेट खेले । र, वेष्ट इण्डिज, अष्ट्रेलिया र इंग्ल्यान्डजस्ता टोलीविरुद्ध तीव्र गतिका बलरको सामना गरे ।

क्रिकेटबाट कमेन्टमेन्ट बनेका गावस्करले १० हजार टेस्ट रन बनाए । र, अन्य खेलाडीहरूका लागि उनी बेन्चमार्क सेट गर्ने पहिलो खेलाडी बने ।

यसैबीच, गावस्करले आफ्नो समयका सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने बलरकोे नाम बताएका छन् ।

उनले दुई तीव्र गतिका बलरको बलरमा डराउने गरेको बताए । गावस्करले एक अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘गतिको मामलामा मलाई लाग्छ अष्ट्रेलियाका जेफ थमसन सबैभन्दा छिटो थिए । उनी विकेट लिनको लागिसमेत माहिर थिए । थमसनको तुलनामा एन्डी राबर्टस, मल्कम मार्शल, रिचर्ड हेड्ली र इमरान खान थोरै ढिलो थिए ।’

उनले एन्डीसँग विकेट लिने क्षमता रहेकोसमेत बताए।

गावस्करले आफ्नो समयमा थमसन सबैभन्दा तीव्र गतिका बलर रहेको बताए । ‘एक सय रन बनाएर खेलिरहेको भए पनि उनको बलमा सबैभन्दा धेरै सतर्क हुनुपथ्र्यो । उनी त्यस युगको दौरान सबैभन्दा तीव्र गतिका बलरको रूपमा परिचित थिए,’ उनले भने ।

अन्तर्वार्ताक्रममा गावस्करलाई दुई उत्कृष्ट ब्याट्सम्यान छनौट गर्न पनि अनुरोध गरिएको थियो ।

गावस्करले आफ्नो नजरमा त्यसबेलाका उत्कृष्ट ब्याट्सम्यान वेष्ट इण्डिजका विवि रिचर्ड्स रहेको बताए ।

‘मैले देखेको सर्वश्रेष्ठ ब्याट्सम्यानको नामभन्दा वीवी रिचर्ड्स । उनको नाम लिँदा सबै सहमत हुन्छन् । रिचर्ड्स विपक्षी हमलामा प्रभुत्व जमाउने सबैभन्दा राम्रो ब्याट्सम्यान हुन् । उनी उत्कृष्ट खेल्थे। त्यसैले उनी विपक्षी टीमको सर्वश्रेष्ठ ब्याट्सम्यान जस्तो देखिन्थे,’  गावस्करले भने ।

रिचर्डसको ब्याटिङ उत्कृष्ट रहेको र उनलाई आउट गर्न बलरलाई समस्या हुने गरेको उनी बताउँछन् । ‘रिचर्ड्स आँधीबेहरी शैलीमा खेल्थे । उनलाई आउट हुने डरसमेत हुन्थेन,’  गावस्करले भने ।

Loading...