वानडे वरियता : कोहलीलाई पछि पारेपछि के भन्छन् बाबर?

काठमाडौं : पाकिस्तानका कप्तान बाबर आजम उत्कृष्ट ब्याट्सम्यान हुन् । अहिले उनी आईसीसी वानडे वरियताको शीर्ष स्थानमा छन् । २६ वर्षीय आजमले हालै दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरे।

दक्षिण अफ्रिकाविरुद्धको श्रृंखलापछि अप्रिलमा बाबर भारतीय कप्तान विराट कोहलीलाई आईसीसी एकदिवसीय वरियतामा पछाडि गरे। आजमले तीन एकदिवसीय खेलमा २२८ रन बनाउँदै वरियतामा विराटलाई पछि पारेका थिए ।

 

जसमा उनले शतक पनि बनाएका थिए । क्रीकवीकसँगको एउटा अन्तर्वार्तामा उनले संसारमा नम्बर एक ब्याट्सम्यान बन्ने र शीर्ष खेलाडी बन्ने प्रत्येक ब्याट्सम्यानको सपना भएको बताए ।

‘मैले केहि इनिङ्स खेले र ठूलो स्कोर गर्छु भन्ने लागेको थियो। अझ म राम्रो वरियतामा उक्लिनेछु भन्ने लाग्यो। यसैगरी मैले दक्षिण अफ्रिकाविरुद्ध टीमलाई जिताउने मानसिकता बनाए,’ उनले भने, ‘म राम्रो खेल्छु भने म एक नम्बर वरियता प्राप्त गर्छु भन्ने लाग्यो। र, उत्कृष्ट खेले पश्चात एक नम्बर खेलाडी बने।’

तेस्रो एकदिवसीय खेलमा बाबरले ८२ बलमा ९४ रनको साझेदारीमा १३ अंक प्राप्त गर्न सफल भए । जुन उनको लागि कोहलीलाई शीर्ष स्थानबाट हटाउन पर्याप्त थियो ।

आजम कोहलीभन्दा ९ अंकले अगाडि छन् । आजमको ८६५ अंक छ भने विराटको ८५७ अंक छ ।

Loading...