न्यूजिल्याण्डविरुद्ध सर्वाधिक ठूलो पारी खेल्ने ३ भारतीय ब्याट्सम्यान

काठमाडौं : भारत र न्यूजिल्याण्डविरुद्धको विश्वकप च्याम्पियनशिप सुरु हुन अब केही दिन मात्रै बाँकी छ। जून १८ देखि साउथह्याम्टनमा हुने खेलको लागि दुवै टोली उत्साहित छन्।

फायनलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न खेलाडी पूरा प्रयास गर्नेछन् । न्यूजिल्याण्डको टीम इंग्ल्यान्डविरुद्ध टेष्ट सिरिज खेलमा व्यस्त रहेको छ भने भारतीय टोलीले पनि आफ्नो क्वारेन्टाइन अवधि पूरा गरिसकेपछि अभ्यास गर्न थालेको छ।

भारत र न्यूजिल्यान्डबीचको टेष्ट इतिहास एकदम पुरानो हो । र, यी दुई टोलीबीच ५९ टेष्ट म्याच भएका छन्। यस अवधिमा भारतले २१ खेल र न्यूजिल्यान्डले १२ खेलमा जित हात पारेको छ ।

ठूला इनिङ्स प्राय: जसो टेस्ट क्रिकेटमा देखिन्छ र भारत र न्यूजिल्याण्डको बीचमा पनि त्यस्तै देखिएको छ । धेरै भारतीय ब्याट्सम्यानले न्यूजिल्याण्डविरुद्ध सबैभन्दा बढी रन बनाएका छन्।

यसैबीच, आज हामी तीन भारतीय ब्याट्सम्यानको बारेमा जानकारी दिँदैछौँ, जसले न्यूजिल्याण्डविरुद्ध सर्वाधिक ठूलो पारी खेले :

राहुल द्रविड

न्यूजिल्यान्डले सन् २००३ मा भारतको अहमदाबादमा आएर टेस्ट श्रृंखलाको पहिलो खेल खेलेको थियो। यस खेलमा भारतीय कप्तान सौरभ गांगुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे।

भारतीय ब्याट्सम्यानले शानदार ब्याटिङको साथ आफ्नो निर्णय पूर्णरूपमा प्रमाणित गरे। टिमका लागि तीन नम्बरमा ब्याटिङ गर्न आएका राहुल द्रविडले शानदार इनिङ्स खेले ।

उनले भारतको पहिलो इनिङ्सका लागि ३८७ बलको सामना गरेर २८ चौका र एक छक्काको साथ २२२ रन बनाए।

उनको इनिङ्सको साथ भारतले पहिलो इनिङ्समा ५ सय रन बनाएर आफ्नो पारी समाप्तिको घोषणा गर्‍यो ।

द्रविडले दोस्रो इनिङ्समा शानदार अर्धशतक पनि बनाए । यस खेलमा उत्कृष्ट ब्याटिङ गरेका उनी म्यान अफ द म्याचसमेत घोषित भए ।

पाली उम्रिगर

सन् १९९५ मा न्यूजिल्याण्ड भारत भ्रमणमा आएपछि भारतविरुद्ध पाँच टेस्ट श्रृंखला खेलेको थियो। श्रृंखलाको पहिलो टेस्ट खेल १९ देखि २४ नोभेम्बरसम्म हैदराबादमा खेलाइएको थियो।

यस खेलमा पहिले ब्याटिङ गर्दै भारतले पोली उम्रिगरको उत्कृष्ट ब्याटिङको सहयोगमा ४९८ रनमा ४ विकेट गुमाएर पहिलो पारी समाप्तिको घोषणा गर्‍यो ।

दुई विकेट गुमेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उम्रिगरले स्थिर ब्याटिङ गर्दै ५०३ मिनेटसम्म ब्याटिङ गर्दै २२३ रन बनाए ।

यस इनिङ्समा उनले २६ चौका प्रहार गरे । उम्रिगर भारतका लागि टेष्ट क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान बने ।

वीनू माकड 

सन् १९५५/५६ को टेस्ट श्रृंखलाको पाँचौं खेल चेन्नईमा भएको थियो। यस खेलमा भारतीय कप्तान पोली उम्रिगरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे।

उम्रिगरको यो निर्णय दुवै ओपनर मीनू माकड र पंकज रायले ऐतिहासिक साझेदारी गरेर पूर्णरूपमा सही साबित गरे।

यो खेलमा माकडले न्यूजिल्याण्डविरुद्ध टेस्टमा सबैभन्दा बढी रन पनि बनाए । ५२५ मिनेटसम्म ब्याटिङ गर्दै माकडले २१ चौका प्रहार गरेर २३१ रनको उत्कृष्ट इनिङ्स खेले ।

Loading...